CG Electronics
IME Life
NIMB

नेशनल लाईफ र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच मेडिकल सेवा सम्झौता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । National Life Insurance Company Limited र Grande International Hospital बीच मेडिकल सेवा सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

आकर्षक बोनसदर सहित विगत ३९ वर्षदेखि जीवन बीमा व्यवसायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल निजी क्षेत्रको पहिलो जीवन बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना प्रस्तावकहरूलाई आवश्यक पर्ने मेडिकल रिपोर्ट छिटो, छरितो र सर्वसुलभ रूपमा उपलब्ध गराउने तथा कर्मचारीहरूलाई सहुलियत दरमा स्वास्थ्योपचार सेवा प्रदान गर्ने उद्देश्यले उक्त सम्झौता गरेको हो।

मिति २०८३ साल बैशाख ९ गते कम्पनीको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा आयोजित एक समारोहबीच सम्झौतामा हस्ताक्षर गरिएको हो। कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत Suresh Prasad Khattri र ग्राण्डी इन्टरनेशनल हस्पिटलका मेडिकल डाइरेक्टर Dr. Binod Bijukchhe को समुपस्थितिमा हस्पिटलका चिफ अपरेटिङ अफिसर Amrit Khanna ले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो।

सम्झौता अनुसार, कम्पनीको बीमालेख खरिद गर्न चाहने प्रस्तावकहरूलाई आवश्यक पर्ने मेडिकल जाँच सहुलियत दरमा छिटो र सहज रूपमा उपलब्ध गराइनेछ। साथै, कम्पनीमा कार्यरत कर्मचारीहरूले ग्राण्डी इन्टरनेशनल हस्पिटलबाट स्वास्थ्योपचार सेवामा १० प्रतिशतसम्म छुट सुविधा सहित सेवा प्राप्त गर्ने व्यवस्था गरिएको छ।

यस प्रकारको सम्झौताबाट कम्पनीका सरोकारवाला वर्गहरूले प्रत्यक्ष लाभ लिन सक्ने अपेक्षा गरिएको छ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...