IME Life
NIMB

सिटिजन लाइफको ‘सिटिजन लिडर्स मिट’ सम्पन्न, अभिकर्तालाई नेतृत्व र व्यवसायिक सीप विकासमा जोड

NIMB
Himalayan Bank

 

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वीरेन्द्रनगर शाखाको आयोजनामा ‘सिटिजन लिडर्स मिट’ कार्यक्रम सम्पन्न भएको छ। अभिकर्ताहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा पेशागत दक्षता विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषक राज पौडेल, चिफ मार्केटिङ अफिसर (सीएमओ) भुषण रिमाल, माइक्रो डिपार्टमेन्ट हेड (एमडीएच) रिता पाठक, तालिम विभाग प्रमुख (टीडीएच) कुबेर पाठक तथा कर्णाली प्रदेश प्रमुख लक्ष्मण मरासिनीको सहभागिता रहेको थियो।

कार्यक्रमका क्रममा अभिकर्ता पेशाको वर्तमान अवस्था, सम्भावना, चुनौती तथा बदलिँदो बीमा बजारका अवसरबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूलाई व्यवसायिक दक्षता, ग्राहक सेवा, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक बजारमा सफल हुन आवश्यक रणनीतिबारे जानकारी दिइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पौडेलले अभिकर्ता पेशा केवल रोजगारीको माध्यम नभई आत्मनिर्भर बन्ने सशक्त अवसर भएको बताए। उनले पछिल्लो समय बीमा क्षेत्रमा अभिकर्ता पेशाको आकर्षण र सम्मान बढ्दै गएको उल्लेख गर्दै यस क्षेत्रमा भविष्यको ठूलो सम्भावना रहेको धारणा राखे।

उनले अभिकर्ताहरूलाई निरन्तर मेहनत, अनुशासन र प्रतिबद्धतासहित काम गर्न आग्रह गर्दै सफलताको आधार ग्राहकको विश्वास र सेवाको गुणस्तर भएको बताए।

कार्यक्रममा सहभागी अभिकर्ताहरूले ‘सिटिजन लिडर्स मिट’ ले आफूहरूलाई नयाँ ऊर्जा, सीप तथा सकारात्मक दृष्टिकोण प्रदान गरेको प्रतिक्रिया दिएका थिए। कम्पनीका अनुसार यस्ता कार्यक्रमले अभिकर्ताहरूको आत्मविश्वास बढाउनुका साथै उनीहरूलाई पेशागत रूपमा अझ सक्षम बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई : स्नेहशील बुद्धिमत्ता’ प्रदर्शनी, २०२६ का अत्याधुनिक एआई उत्पादन सार्वजनिक

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई :...

वि.सं.२०८३ साउन २० बुधवार ०८:०८

  काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरले नेपालका लागि आफ्नो आधिकारिक वितरक...

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन सार्वजनिक हुँदै

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन...

वि.सं.२०८३ साउन २० बुधवार ०८:००

  काठमाडौं । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी (ईभी) को...

ग्यास अभावबारे एलपी ग्यास उद्योग संघको अपिल : एक महिना पुग्ने ग्यास भएकाले लाइनमा नबस्न आग्रह

ग्यास अभावबारे एलपी ग्यास उद्योग संघको अपिल...

वि.सं.२०८३ साउन २० बुधवार ०७:४३

  काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा बढी खुद नाफा

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा...

वि.सं.२०८३ साउन १९ मंगलवार २३:१४

  काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को...

एलजी ‘शिपशिक्षा’ कार्यक्रमको १६औँ ब्याच सुरु, ३३२ युवाले पाए प्राविधिक तालिम

एलजी ‘शिपशिक्षा’ कार्यक्रमको १६औँ ब्याच सुरु, ३३२...

वि.सं.२०८३ साउन १९ मंगलवार २३:०८

  काठमाडौं । चौधरी फाउन्डेसनको पहलमा एलजी इलेक्ट्रोनिक्सले ‘एलजी शिपशिक्षा’ कार्यक्रमको...

अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरूबीच सहकार्य अपरिहार्य छ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न...

वि.सं.२०८३ साउन १९ मंगलवार २२:१७

काठमाडौँ । अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार...