CG Electronics
IME Life
NIMB

एमएडब्लू राइड्स प्रा.लि. द्वारा यामाहा सेल्स स्किल कन्टेस्टका क्षेत्रीय विजेताहरूको घोषणा गर्दै राष्ट्रिय प्रतिस्पर्धाको तयारी सुरु

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले देशभरका डिलरहरूबाट उत्कृष्ट बिक्री तथा सेवा दक्षता भएका प्रतिभाहरू पहिचान गर्दै ुरिजनल सेल्स स्किल कन्टेस्टु सफलतापूर्वक सम्पन्न गरेको छ। यामाहा ट्रेनिङ एकेडेमी ९थ्त्ब्० को छातामुनि आयोजना गरिएको यस प्रतियोगिताले अग्रपंक्तिमा कार्यरत जनशक्तिको सीप अभिवृद्धि गर्ने र उत्कृष्ट ग्राहक सेवा सुनिश्चित गर्ने उद्देश्य राखेको छ। बिक्रीतर्फको क्षेत्रीय प्रतिस्पर्धा काठमाडौं, इटहरी, बर्दिबास, भरतपुर र नेपालगञ्जमा तथा सेवातर्फको प्रतियोगिता काठमाडौं, बुटवल, बर्दिबास, इटहरी र नेपालगञ्जमा सम्पन्न भएको थियो। सहभागीहरूको मूल्याङ्कन उत्पादनसम्बन्धी ज्ञान, प्रतिस्पर्धीबारे जानकारी, अटोमोबाइलका आधारभूत विषय तथा व्यावहारिक बिक्री र सेवा सीपका आधारमा गरिएको थियो।

प्रतियोगिताको सेल्सतर्फ बी एण्ड बी अटो ट्रेडर्स विराटचोकका चूडामणि आचार्य विनर, भिएडब्लु इन्टरप्राइजेज पोखराका समुन्द्र पंगेनी ९फर्स्ट रनर अप० र डी एण्ड डी अटोलिङ्क सीतापाइलाका अनिश महर्जन ९सेकेन्ड रनर अप० बन्न सफल भएका छन्। त्यसैगरी, सर्भिसतर्फ मोटो क्राफ्ट गोंगबुका प्रवीण सान्डा विनर, ऋषिक अटोमोबाइल्स कुमारीपाटीका निरोज श्रेष्ठ ९फर्स्ट रनर अप० र क्रेशभ कमर्सियल दमकका दिपन सरकार ९सेकेन्ड रनर अप० विजेता बनेका छन्। यी सबै विजेताहरूले भैरहवाको परासीस्थित यामाहा फ्याक्ट्री भ्रमण गर्ने अवसर पाउनेछन् भने सर्भिसतर्फका विजेताहरूले विश्वस्तरीय स्किल प्रतियोगितामा समेत सहभागिता जनाउन पाउनेछन्।

यस वर्ष एमएडब्लू राइड्स र थ्त्ब् ले बिक्री र सेवा दुवै विधालाई एउटै संयुक्त राष्ट्रिय कार्यक्रममा समेट्ने एकीकृत अवधारणा अघि बढाएका छन्। पाँचै क्षेत्रबाट छनोट भएका उत्कृष्ट ३० जना फाइनलिस्टहरू बीच जेठ १६ गते काठमाडौंको त्रिपुरेश्वरस्थित यामाहा ट्रेनिङ एकेडेमीमा राष्ट्रिय सेल्स एण्ड सर्भिस स्किल कन्टेस्ट भव्य रूपमा आयोजना गरिएको छ। यस अन्तर्गत सेल्सतर्फ लिखित परीक्षा, प्रडक्ट डेमो र भाइभा लिइएको थियो भने सर्भिसतर्फ बिगिनर्स, ब्रोन्ज, इन्जिन, इलेक्ट्रिकल तथा सिस्टम विधामा मूल्याङ्कन गरिएको थियो। एमएडब्लू राइड्सका अनुसार यो पहल केवल प्रतिस्पर्धा मात्र नभई जनशक्तिमा गरिएको लगानी हो, जसले यामाहाको डिलर नेटवर्कलाई अझ सशक्त बनाउँदै नेपालभरका ग्राहकहरूलाई उत्कृष्ट सेवाको अनुभव प्रदान गर्नेछ।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...