CG Electronics
IME Life
NIMB

सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावित जनप्रिय आधारभूत विद्यालयको भवन पुनर्निर्माण गरी हस्तान्तरण

NIMB
Himalayan Bank

 

सिद्धार्थ बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनको पुनर्निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ। बैंकको आर्थिक सहयोगमा मानव निर्मित कर्णाली प्रदेश, रुकुम पश्चिम जिल्लाको सानीभेरी गाउँपालिका वडा १, भण्डारवनस्थित जनप्रिय आधारभूत विद्यालयको नयाँ भवन (सुलभ पहुँचयुक्त शौचालयसहित) आज एक विशेष समारोहका बीच उद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गरिएको हो।

२०८० साल कात्तिक १७ गते गएको विनाशकारी भूकम्पका कारण उक्त विद्यालयको भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। नवनिर्मित भवनको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले गर्नुभएको हो। उद्घाटन पश्चात् उहाँले विद्यालयका प्रधानाध्यापक हंसबहादुर खड्कालाई औपचारिक रूपमा भवन हस्तान्तरण गर्नुभयो।

विद्यालय प्राङ्गणमा आयोजित उक्त विशेष कार्यक्रममा बैंकका प्रमुख मार्केटिङ अधिकृत सुरेशराज महर्जन, कर्पोरेट बैंकिङ प्रमुख प्रशन्न खड्का, लघु, साना तथा मझौला उद्यम बैंकिङ प्रमुख प्रदीप पन्त र मुसिकोट शाखा प्रबन्धक धर्मनन्द अवस्थीको उपस्थिति रहेको थियो।

त्यसैगरी कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू सानीभेरी गाउँपालिकाका अध्यक्ष विर्खबहादुर विष्टज्यू, उपाध्यक्ष कमला रोका पुन, सानीभेरी गाउँपालिका वडा १ का अध्यक्ष टेकबहादुर पुन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगनबहादुर खड्कासहित शिक्षक वर्ग, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालज्यूले विद्यालय भवन निर्माण केवल भौतिक संरचनाको निर्माणमा मात्र सीमित नरही भूकम्पपछिको पुनःस्थापना, बालबालिकाको सुरक्षित भविष्यप्रतिको प्रतिबद्धता तथा गुणस्तरीय शिक्षा मार्फत समाज रूपान्तरण गर्ने साझा सङ्कल्पको प्रतीक भएको बताउनुभयो।

उहाँले थप्नुभयो, ूविद्यालय केवल शैक्षिक पठनपाठनको स्थान मात्र नभएर बालबालिकाको भविष्य निर्माण गर्ने महत्त्वपूर्ण आधारभूमि हो। आजका बालबालिका नै भोलिको समृद्ध राष्ट्र निर्माणका आधार हुन्, त्यसैले उनीहरूलाई समयसापेक्ष, गुणस्तरीय र समावेशी सीप, ज्ञान र नैतिक मूल्यमा आधारित शिक्षाद्वारा सक्षम बनाउनु भविष्य निर्माणतर्फको पहिलो र महत्त्वपूर्ण पाइला हुने विश्वासका साथ बैंकले यो भवन निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरेको हो।

यो नवनिर्मित भवनले विद्यार्थीहरूमा सुरक्षित र गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्दै शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउने बैंकले विश्वास लिएको छ। साथै, यसले नियमित पठनपाठनको निरन्तरता र समग्र शैक्षिक वातावरण सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सिद्धार्थ बैंकले दिगो विकास लक्ष्यलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राख्दै समाजको विकासमा टेवा पुर्‍याउने उद्देश्यले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ। आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिँदै जाने योजना बैंकले बनाएको छ।

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...