CG Electronics
IME Life
NIMB

टियु गेटमा ट्राफिकको विशेष चेकिङ, १९ सवारी साधनका चालक कारबाहीमा

NIMB
Himalayan Bank

 

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष चेकिङ अभियानका क्रममा यान्त्रिक अवस्था ठीक नभएका १९ सवारी साधन तथा मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गर्ने १३ सवारी साधनलाई कारबाही गरेको छ।

काठमाडौंको त्रिभुवन विश्वविद्यालयको गेट नजिक मंगलबार गरिएको विशेष चेकिङका क्रममा ६० सवारी साधन परीक्षण गर्दा हेण्डब्रेक दुरुस्त नभएका, लाइटमा समस्या भएका, टायर अत्यधिक खिइएका तथा अन्य यान्त्रिक कमजोरी रहेका १९ सवारी साधन फेला परेका थिए। ती सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको जनाएको छ।

सवारी साधनको यान्त्रिक अवस्था कमजोर हुँदा दुर्घटनाको जोखिम बढ्ने तथा यात्रु र सडक प्रयोगकर्ताको सुरक्षामा असर पर्न सक्ने भएकाले सम्भावित दुर्घटना न्यूनीकरणका लागि उक्त चेकिङ अभियान सञ्चालन गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सवारी साधन नियमित रूपमा परीक्षण गरी आवश्यक मर्मत–सम्भारपछि मात्रै सञ्चालन गर्न सम्पूर्ण यातायात व्यवसायी, सवारी धनी तथा चालकलाई आग्रह गरेका छन्। यस्तै, थानकोटस्थित त्रिभुवन पार्क नजिक गरिएको प्रदूषण परीक्षणका क्रममा मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गर्ने १३ सवारी साधन पनि कारबाहीमा परेका छन्।

वातावरण व्यवस्थापन विभाग, चन्द्रागिरि नगरपालिका र ट्राफिक प्रहरी प्रभाग थानकोटको संयुक्त टोलीले सञ्चालन गरेको चेकिङका क्रममा ती सवारी साधन फेला परेका हुन्। ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गर्ने सवारी साधनका कारण वायु प्रदूषण बढ्नुका साथै मानव स्वास्थ्यमा गम्भीर असर पर्ने र दुर्घटनाको जोखिमसमेत बढ्न सक्ने जनाएको छ। त्यसैले सवारी साधनको अवस्था नियमित रूपमा परीक्षण गरी आवश्यक मर्मत–सम्भार गरेर मात्र सञ्चालन गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ।

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...