CG Electronics
IME Life
NIMB

इन्द्रप्रस्थ अस्पताल र प्रभु बैंक लिमिटेडबीच विशेष छुट सम्झौता

NIMB
Himalayan Bank

 

काठमाडौं । नयाँ दिल्ली, भारतस्थित इन्द्रप्रस्थ अपोलो अस्पताल र काठमाडौँ महानगरपालिका, वडान ११, बबरमहलस्थित प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई इन्द्रप्रस्थ अपोलो अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

प्रभु बैंकका कर्मचारी, प्रभु बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता, डेबिट तथा क्रेडिट कार्डवाहकहरूले १० प्रतिशत छुट पाउने भएका छन्। उक्त सम्झौता अनुसार भर्ना भएका बिरामीहरूलाई औषधि र उपभोग्य सामग्री बाहेक, र भर्ना नभई उपचार गराउने बिरामीहरूलाई औषधि र परामर्श शुल्क बाहेकका शुल्कहरूमा १० प्रतिशत छुट पाउने भएका छन्।

उक्त सम्झौतापत्रमा इन्द्रप्रस्थ अपोलो अस्पतालका तर्फबाट डेपुटी म्यानेजर विपिन शर्मा र प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर दीपेन्द्रबाबु विष्टको संयुक्त हस्ताक्षरबीच सम्पन्न भयो। यो सम्झौता २८ मे २०२६ देखि प्रारम्भ भई मे २०२८ सम्म कायम रहनेछ।

यस बैंकका नेपालभर रहेका ३०० शाखा कार्यालयहरू, २६२ एटीएम साथै ६६ एक्स्टेन्सन काउन्टर मार्फत करिब ३६ लाख भन्दा बढी ग्राहकहरूलाई “विश्वास लिन्छौँ, विश्वास दिन्छौँ” भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रदान गरिरहेको प्रभु बैंकले गुणस्तरीय सेवा प्रवाह गर्दै अघि बढिरहेको छ।

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई आर्थिक सहयोग गर्ने घोषणा

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:००

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५ अर्ब ४२ करोड बीमा शुल्क संकलन, रु. ४ अर्ब ९६ करोड दाबी भुक्तानी

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५...

वि.सं.२०८३ साउन ११ सोमवार ०७:५४

  काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३...

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट...

वि.सं.२०८३ साउन १० आइतवार २२:२६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान...

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार २२:२३

  काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औं...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...