CG Electronics
IME Life
NIMB

इन्टरनेट र टेलिफोन सेवा गुणस्तरीय र सबैको पहँुँचमा पुर्याउन आवश्यक : मन्त्री बस्नेत

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बहादुर बस्नेतले दुर सञ्चार प्राधिकरको टेलिफोन र इन्टरनेट सेवा प्रवाहलाई थप गुणस्तरीय बनाई, सस्तो र सरल रुपमा सबै नागरिकको पहुँचमा पुर्याउन आग्रह गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित नेपाल दुरसञ्चार प्राधिकरणको २६ औं वार्षिकोत्सव समारोहमा उनले प्राधिकरणले दिँदै आएको दुरसञ्चार सेवालाई सबै क्षेत्रका नागरिकले सहज र सरल रुपमा पाउन सक्ने वातावरण बनाउन आग्रह गरे ।

उनले सबै प्रकारका सेवा प्रवाहलाई थप गुणस्तरीय, सरल र सस्तो बनाउँदै लैजानुपर्नेमा जोड दिएर भने, ‘टेलिफोन इन्टरनेट तथा सबै सेवा प्रवाहलाई थप गुणस्तरीय, सरल र सस्तो बनाउँदै हरेक क्षेत्रका नागरिकले आधारभुत दुरसञ्चार सेवा सहज प्राप्त गर्न सक्ने वातावरण बनाउन म प्राधिकरणलाई आग्रह गर्छु ।’

मन्त्री बस्नेतले, दुरसञ्चार प्राधिकरणले सूचना प्रविधिको सेवा क्षेत्र सँगै आर्थिक क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिँदै गइरहेको उल्लेख गरे ।
‘ प्राधिकरणले सूचना प्रविधिमा सेवा क्षेत्रको रुपमा त काम गर्दै आएको छ । अहिले यसले क्रमश आर्थिक क्षेत्रमा रोजगारीका अवसरहरू पनि सृजना गरिरहेकाले आर्थिक क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिदै गइरहेको छ ’ मन्त्री बस्नेतले भने ।

उनले प्राधिकरणको कार्य प्रभावकारी ढङ्गले सम्पादन गर्न जनशक्ति र भौतिक पूर्वाधार पर्याप्त नभएको उल्लेख मात्र गरेनन् सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल पावरहाउस’ बनाउने ५ बुँदे प्रतिबद्धता सार्वजनिक

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:४०

  काठमाडौँ।नेपालको सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रको सर्वोच्च छाता...

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३१

  काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक...