CG Electronics
IME Life
NIMB

पाकिस्तान : नवाज सरिफका भाई बने दोस्रो पटक प्रधानमन्त्री

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । पाकिस्तानमा शाहबाज सरिफ देशको २४ औं प्रधानमन्त्री बनेका छन् । उनले राष्ट्रिय सभामा २०१ सांसदको समर्थन पाएका छन् । ९२ सांसदले पीटीआई समर्थक उम्मेदवार उमर अयुबलाई भोट दिएका छन् । राष्ट्रिय सभाका सभामुख अयाज सादिकले निर्वाचनको नतिजा घोषणा गरेका हुन् ।

प्रधानमन्त्री निर्वाचित भएपछि शाहबाज सरिफले नवाज र उनका सबै सहकर्मीलाई आफूमाथि विश्वास गरेकोमा धन्यवाद दिएका छन् । तर, १ घण्टा २४ मिनेटको भाषणको सुरुमै शाहबाजको जिब्रो चिप्लियो । उनले आफूलाई प्रधानमन्त्रीको सट्टा विपक्षी दलको नेता भन्न पुगेका थिए ।
सम्बोधनका क्रममा शाहबाजले भने– ‘इजरायलले गाजामा लगातार बमबारी गरिरहेको छ । कश्मीरमा मानिस मारिने क्रम जारी छ । प्यालेस्टाइन र कश्मीरीमाथि दमन भइरहेको छ तर अन्तर्राष्ट्रिय समुदाय मौन छ । हामी सबै मिलेर कश्मीर र प्यालेस्टाइनको स्वतन्त्रताको लागि संसदमा प्रस्ताव पारित गर्नुपर्छ ।’

शाहबाजले भने– नवाजले देश बनाए

यसअघि शाहबाजले भनेका थिए, ‘मेरो दाई तीन पटक प्रधानमन्त्री निर्वाचित हुँदा देशमा भएको विकास आफैंमा उदाहरण हो । नवाज शरीफले पाकिस्तान बनाएका हुन् भन्नु गलत होइन । अर्कोतर्फ, जुल्फिकार अली भुट्टोको बलिदानलाई देशले कहिल्यै भुल्न सक्दैन । शाहबाज शरीफले देशमा आतंकवाद र यसको जरा उन्मूलन गर्ने वाचा गरे । उनले भने– पीएमएल–एन र सहयोगी दलहरूले पाकिस्तानी, मुस्लिम र मानवको रूपमा आफ्नो भूमिका खेल्नेछन् । यस संसदमा पाकिस्तानको राजनीतिक डुङ्गा चलाउन सक्ने प्रतिभाशाली व्यक्तिहरू छन् । यसमा पत्रकार, बुद्धिजीवी, राजनीतिज्ञ र धार्मिक नेताहरू पनि पर्छन् ।

शाहबाजले इमरान खान नेतृत्वको सरकारको आलोचना गर्दै इमरानले सम्पूर्ण विपक्षीलाई जेलमा हालेको टिप्पणी गरे ।
शाहबाजले भने– मेरो जेठो दाई नवाजले देशलाई हानि गर्ने बारे कहिल्यै सोचेका छैनन् । पुरानो शासन (इमरान खानको शासन) लाई उद्धृत गर्दै उनले भने– उनीहरूले सम्पूर्ण विपक्षीहरूलाई जेलमा राखे, उनीहरूले महिला र बालबालिकाको वास्ता गरेनन् ।

शाहबाजको कार्यकाल

शाहबाज सरिफ पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भएको यो दोस्रो पटक हो । यसअघि सन् २०२२ मा इमरान खानको सरकारको पतनपछि शाहबाज सरिफ देशको प्रधानमन्त्री बनेका थिए । आइतबार संसदको सत्र सुरु हुने बित्तिकै पीटीआई समर्थक सांसदहरूले इमरान खानको पक्षमा ‘आजादी’ र ‘कैदी नम्बर ८०४’ को नारा लगाएका थिए । जवाफमा पीएमएल–एनका सांसदहरूले ‘नवाज जिंदाबाद’ को नारा लगाएका थिए ।

८ फेब्रुअरीमा भएको निर्वाचनपछि नवाज सरिफको पीएमएल–एन र बिलावल भुट्टोको पीपीपी पार्टीले बहुमत हासिल गर्न गठबन्धन बनाएका थिए । यो गठबन्धनले नवाजका भाइ तथा पूर्व प्रधानमन्त्री शाहबाज सरिफलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि,...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५५

  काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा...

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५१

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दोस्रोपटक संयुक्तरुपमा २३ युरोपेली मुलुकका...

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल पावरहाउस’ बनाउने ५ बुँदे प्रतिबद्धता सार्वजनिक

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:४०

  काठमाडौँ।नेपालको सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रको सर्वोच्च छाता...

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...