CG Electronics
IME Life
NIMB

फेरी आक्रोशित बने आशा लघुवित्तका कर्मचारी, १६ बुंदे सम्झौतामा एउटा मात्रै कार्यान्वयन

NIMB
Himalayan Bank

काठमाडौँ। सम्झौता कार्यान्वयन नभएपछि आशा लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरु व्यवस्थापकहरूप्रति फेरी आक्रोशित भएका छन् । साविकको राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ती गरेपश्चात बनेको आशा लघुवित्तको व्यवस्थापन प्रति असन्तुष्टि जनाउँदै आएका कर्मचारीले यसअघि गरेको सम्झौता कार्यान्वयन नभएपछि आक्रोशित बनेका हुन् ।

 

नाम उल्लेख नगर्न आग्रह गर्दै आशा लघुवित्तका एक कर्मचारीले भने, ‘सबै सम्झौता यहि फागुन १६ गतेसम्म कार्यान्वयन गर्नुपर्ने थियो। तर, अहिलेसम्म कर्मचारीको सेवा सुबिधा समायोजन बाहेक अरु कुनै पनि कार्यान्वयनमा नआएको अवस्था छ।’

ती कर्मचारीका अनुसार व्यवस्थापन समूहले आन्दोलनको समयमा भएका सहमति कार्यान्वयन गर्नुको सट्टामा उल्टै तालिमको आयोजना गरि कर्मचारी थर्काएको बताए। अनुगमन अधिकृतहरुले दैनिक एनपीएल नघटाए जागिर छोडेर जान धम्की दिएको उनको भनाई छ। साथै कर्मचारीको अनावश्यक सरूवा घटुवा गरिदिएको उनले बताए।

यसअघि आशा लघुवित्तका कर्मचारीले विभिन्न माग राख्दै १७ दिनसम्म आन्दोलन गरेका थिए। माग पुरा नभएको खण्डमा करिब दुई सय जनाले संयुक्त राजीनामा दिने बताएकोमा व्यवस्थापक समूहले वार्तामा बोलाई १६ बुंदे सम्झौता गरेको थियो। तर ती सम्झौता पुरा नगरेको भन्दै कर्मचारीहरु पुनः आक्रोशित बनेका छन् ।

लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले सम्झौताहरु आंशिक कार्यान्वयनमा आईसकेको र केही आउने क्रममा रहेको बताए। सिईओ दुलालले भने, ‘आशा लघुवित्त मात्रै रहँदा यति लामो समयसम्म कहीँकतै यस्तो आन्तरिक कलह भएको थिएन। हामी कर्मचारीको हकहित प्रति सकरात्मक नै छौँ।’ उनले थपे, ‘दुई फरक वातावरण, कार्यशैलीलाई एकिकृत गर्दैगर्दा कहीँकतै बाँझिनु स्वभाविक हो। हामीले मिलाएर जाने विषयमा सकरात्मक नै छौँ। तोकिएकै समयमा अक्षरात्मक पुरा मात्रै नभएको हो, क्रमिक मागको सम्बोधन गरेका छौँ। ’

यता कर्मचारीहरु भने युनियन नै दर्ता गरेर अगाडी बढ्ने तयारीमा छन्। साथै सम्झौताहरु कार्यान्वयनमा नआए चैत १ गते देखि पुनः आन्दोलनमा जाने ती कर्मचारीले बनाए। उनका अनुसार कर्मचारीहरु सम्झौता कार्यान्वयन गराईदिन माग गर्दै श्रम तथा रोजगार कार्यालय टेकुमा समेत निवेदन दिने तयारी गरेका छन्।

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...