CG Electronics
IME Life
NIMB

प्रभु महालक्ष्मी लाइफको एमडिआरटि सम्मान कार्यक्रम सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तीय परामर्शदाताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटि २०२४ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको छ । चितवनको नारायणगढमा चैत २ देखि ४ गतेसम्म ३ दिन चलेको कार्यक्रम उल्लास र उत्सवका साथ भब्य रुपमा सम्पन्न भयो ।

कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाईज्यूले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाईज्यूले उत्कृष्ट कार्यले नै सम्मानको लागि मार्ग तयार हुने हो, तपाईहरुको मेहनतले पाएको सफलतामा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सधै साथ–सहयोग रहन्छ र उच्च सम्मान प्रकट गर्दछ ।

एमडिआरटी जस्तो अन्तराष्ट्रिय फोरममा छनोट हुनु आफैमा गौरवको कुरा भएकाले अभिकर्ताहरुलाई हार्दिक बधाई व्यक्त गर्नुभयो । आगामी वर्षहरुमा पनि निरन्तर सफलताको शुभकामना व्यक्त गर्नु भयो । प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाईज्यूले सफलताको यो माहोललाई कम्पनीले उत्सवको रुपमा लिएको बताउनु भयो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत श्री किशोर प्रसाद लामिछाने ज्यूले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । अन्तराष्ट्रिय फोरम एमडिआरटिमा छनोट हुनु अभिकर्ता पेसाले दिएको मान सम्मानको एक उत्कृष्ट उदाहरण हो । त्यसैले अभिकर्ता पेसा छनोट गर्नुभएको यहाँहरुको निरन्तर लगनको परिणामले प्राप्त सफलतालाई कम्पनीले उच्च सम्मान प्रकट गर्दछ, नायब प्रमुख कार्यकारी अधिकृत श्री किशोर प्रसाद लामिछाने ज्यूले बताउनु भयो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायव महाप्रबन्धक एवं नेशनल सेल्स हेड श्री सोन बहादुर मगरज्यूले योग्यहरुको योग्यताको पहिचान आफूले गर्ने कामले प्रस्तुत हुने बताउनु भयो । यो समय भनेको निरन्तर कार्य गरेर प्राप्त सफलतालाई सेलिब्रेसन गर्ने समय हो । सफलताको अनुभव र प्राप्त मान सम्मानले थप सफलताको लागि उर्जा प्राप्त हुनेछ, यो उर्जाको आगामी वर्षमा परिणाम आउने विश्वास नायव महाप्रबन्धक एवं नेशनल सेल्स हेड श्री सोन बहादुर मगरज्यूले व्यक्त गर्नुभयो । मोटिभेसनल स्पिकर श्री रमण भट्टराईज्यूको टे«निङ सेसनले कार्यक्रमको रौनक थपिएको थियो ।

उक्त कार्यक्रममा आउँदै गरेको फागु पूर्णिमा (होली) को शुभकामना आदान प्रदान गरि रंगहरुका साथ नारायणी नदीको क्रुज जहाजमा होली मनाइएको थियो ।

औपचारीक कार्यक्रमका साथ विभिन्न अतिरिक्त क्रियाकलाहरुले ३ दिने कार्यक्रमको माहोललाई उल्लासमय बनाएको थियो । सहायक महाप्रबन्धक श्री टिकादत्त प्याकुरेल ज्यूले सहभागीहरुलाई कार्यक्रम सफल बनाउन साथ, सहयोग दिनु भएकोमा धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन भएको थियो । एजेन्सी विभाग प्रमुख श्री प्रभात शिवाकोटीज्यूको संयोजनमा संचालित कार्यक्रम श्री योगेन्द्र प्रसाद खतिवडाज्यूले संचालन गर्नु भएको थियो ।

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

नेपाल टेलिकमको विश्वकप– २०२६मा विशेष ‘टीभी प्याकेज’

नेपाल टेलिकमको विश्वकप– २०२६मा विशेष ‘टीभी प्याकेज’

वि.सं.२०८३ जेठ ३० शनिवार २०:०१

काठमाडौँ। नेपाल टेलिकमले हाल सञ्चालन भइरहेको फिफा विश्वकप– २०२६ लाई...

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल...

वि.सं.२०८३ जेठ ३० शनिवार १३:२९

काठमाडौं। नाइमा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाइमा) ले आगामी ‘नाइमा...

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री, मासिक २,८९९ रुपैयाँमै घर लैजान सकिने

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री,...

वि.सं.२०८३ जेठ ३० शनिवार १३:२४

काठमाडौं ।  नेपालका लागि TVS को आधिकारिक वितरक जगदम्बा मोटर्स...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

नेपाल बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सेवा शुल्कमा छुट सम्बन्धी सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सेवा...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:२९

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...