CG Electronics
IME Life
NIMB

मन्त्री भन्छन् ‘खेलकुदको बजेट झिंगाको टाउको जति’

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद क्षेत्रमा सीमित स्रोत साधनका बीचमा काम गर्नुपर्ने चुनौती रहेको बताएका छन् ।

काठमाडौंमा मंगलबार आयोजित एक अन्तरक्रियामा उनले मन्त्रालयमा बजेट थोरै भएको भन्दै यस्तो अवस्थामा पनि एकीकृत भएर लागे सफल हुन सकिने साबित गर्ने प्रयासमा रहेको बताए ।

 

उनले भने, ‘खेलकुद मन्त्रालयको बजेट झिंगाको टाउको जति छ, त्यसमा पनि जम्मा ४ प्रतिशत प्रशासनिक खर्चमा मात्र मन्त्रालयले चलाउनु पर्छ । तर, मलाई के कुरा साबित गर्न मन लागेको छ भने एकीकृत भएर लाग्ने हो भने काम गर्न सकिन्छ । स्रोत साधनको विषयमा नेपालमा सबैले गुनासो गरि नै रहेका हुन्छन्, मलाई त्यसलाई पनि एकपटक चुनौती दिन मन लागेको छ ।’

 

यस्तै, उनले अवसर र चुनौती भन्ने कुरा सँगसँगै आउने विषय भएको भन्दै नीतिभित्र बसेर गर्न सक्ने कामको सुरुवात गरेको पनि बताए ।
उनले भने, ‘अवसर र चुनौती भन्ने कुरा सँगसँगै हुने रहेछ, यसमा काम गर्दै जाँदा कति नीतिगत कुराहरु बुझेर खाडलहरु पुर्नुपर्ने छ, यसको साथै बेतिथिको कमी छैन । तर, केही प्रयासहरु गर्ने हो भने परिवर्तनहरु आउने रहेछ । यही नीतिभित्र बसेर गर्न सक्ने कामबाट सुरुवात गरेको छु ।’

 

खेल क्षेत्रप्रतिको घट्दो प्रभावलाई सुधार गर्ने प्रयासमा रहेको भन्दै त्यसमा युवा सहभागी र नवीनतम सोचको आवश्यकता भएको भनाइ पनि उनले राखे ।

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...