CG Electronics
IME Life
Ncell NPL

‘पुजार सार्की’को अन्तिम दृश्यमा खिचिए सबै प्रमुख कलाकार, ४८ दिनमा प्याक अप

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं। छायाङ्कनमा निस्केको ४८औँ दिनमा नेपाली चलचित्र ‘पुजार सार्की’को प्याक अप भएको छ । मङ्गलवार चलचित्रमा रहेको ‘दर्शन गरेँ हल्का निहुरेर’ बोलको कौडा गीतको छायाङ्कनसँगै सबै युनिट काठमाडौं फर्किन लागेको निर्देशक दिनेश राउतले बताए ।

अन्तिम दिन छायाङ्कन भएको यस गीतमा चलचित्रका प्रमुख कलाकारहरू आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली र परीक्षा लिम्बुले नृत्य प्रस्तुत गरेका छन् ।

दर्शकको रोजाइका तीन स्टारहरू एकसाथ चलचित्रमा आउन लागेको खबर बाहिरिएदेखि नै ‘पुजार सार्की’ चर्चामा रहँदै आएको छ । यस चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय रहेको छ ।

कास्कीको पोखरा नजिकै पर्ने कास्कीकोट गाउँ र आसपास छायाङ्कन गरिएको यो चलचित्रलाई विकास सुवेदीले लेखेका छन् । यसअघि विकास र दिनेशले चलचित्र ‘प्रकाश’मा सहकार्य गरेका थिए । चलचित्रलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका हुन् । यस चलचित्रमा पनि भुसाल आफैले सङ्गीत तयार गरेका छन् । हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् । प्रकाश सपूत, शान्ति श्री परियार र केतन क्षेत्रीले गीतमा स्वर दिएका छन् ।

राजेश श्रेष्ठको डिओपी रहने ‘पुजार सार्की’लाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ गर्नेछन् भने साउण्ड डिजाइन उत्तम न्यौपाने, ब्याकराउण्ड स्कोर शैलेश श्रेष्ठ, कस्ट्युम डिजाइन आशिष पौडेल, प्रोडक्शन डिजाइन कसम नेपाल, प्रोडक्शन कन्ट्रोल मनोज जोशी र प्रोडक्शन व्यवस्थापन विदुर मानन्धरले गर्नेछन् ।

हिमाल केसीले द्वन्द्व निर्देशन गर्ने ‘पुजार सार्की’का मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत हुन् भने राजेश राज गिरी, तर्क राज न्यौपाने र आयुष दाहाल सहायक निर्देशक रहेका छन् । यसका कला निर्देशक दिनेश लामा (गैँडा) हुन् भने माधव प्रसाद पाण्डेको मेकअप र प्रिया रोक्काको मेकअप रहनेछ । यो चलचित्र किङ्गडम नेटवर्कको ब्यानरमा बन्नेछ भने आरआर फिल्मसले वितरण गर्नेछ ।

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे डोजर

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:३८

काठमाडौं । अनामनगर क्षेत्रस्थित खोला किनारका सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा...

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:२८

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई९साम्पाङ०ले आफ्नो पार्टीलाई...

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:३२

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ...

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:१७

काठमाडौं ।आज २५७०औँ बुद्ध जयन्ती । बुद्ध जयन्ती तथा लुम्बिनी...

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई प्रधानमन्त्रीको आग्रह

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:३०

  काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको...