CG Electronics
IME Life
NIMB

सेयर बजार : २२.७५ अंकले बढ्यो नेप्से, कारोबारमा सुधार

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । साताको पहिलो दिन सेयर बजार परिसूचकसँगै कारोबार बढेको छ । आइतबार २२.७५ अंकले बढ्दै नेप्से परिसूचक २०२६.८१ विन्दुमा आएको छ ।

 

कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । १ करोड १२ लाख १० हजार १०२ कित्ता सेयर ४ अर्ब २५ करोड ६६ लाख ७६ हजार रुपैयाँमा किनबेच भएको छ ।

 

गत साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २.७३ अंकले घट्दै २००४.०५ विन्दुमा थियो । कारोबार रकम ३ अर्ब ३ करोड ७२ लाख ६७ हजार रुपैयाँ थियो ।

 

१३ उपसमूहमा होटल तथा पर्यटन र व्यापारबाहेक सबै बढ्दा नेप्से परिसूचकमा सुधार आएको हो । फाइनान्स उपसमूह ५.९५ प्रतिशतले बढेको छ ।

 

आज १९० कम्पनीको सेयरमूल्य बढ्दा लगानीकर्ता फाइदामा रहे । ४८ कम्पनीका सेयरमूल्य घट्यो भने ७ कम्पनीको सेयरमूल्यमा कुनै परिवर्तन भएन ।

 

आज नेपाल फाइनान्स, पोखरा फाइनान्स, जानकी फाइनान्स, गुराँस लघुवित्तको सेयरमूल्य बढेर सर्किट लागेको छ । मानुषी लघुवित्त, वीन नेपाल लघुवित्त, दोल्ती पावर, सबैको लघुवित्तको पनि सेयर बढ्दा लगानीकर्ता फाइदामा छन् ।

 

आज उच्च कारोबार हुनेमा नेपाल पुनर्बीमा कम्पनी छ । उक्त कम्पनीको ९५ करोड २० लाख रुपैयाँको सेयर किनबेच भएको छ । गोर्खाज फाइनान्सको १९ करोड, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ११ करोड २९ लाख, सर्वोत्तम सिमेन्टको ९ करोड ९३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

 

आज सेयरमूल्य घटेका कम्पनीमा तारागाउँ रिजेन्सी होटल लिमिटेड पहिलो नम्बरमा छ । सेयरमूल्य घट्ने अन्य कम्पनीहरुमा कालिका लघुवित्त, ग्लोबल आइएमइ ब्यालेन्स्ड फाण्ड–१, सूर्यज्योति लाइफ इन्स्योरेन्स, गणपति लघुवित्त लगायत छन् ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...