स्वस्थ जीवनशैलीका लागि नियमित व्यायाम गराैं : खेलकुलमन्त्री श्रेष्ठ
Tuesday Apr 09, 2024
वि.सं.२०८० चैत २७ मंगलवार १३:११
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले स्वास्थ्य जीवनशैलीका लागि नियमित शारीरिक व्यायाम गर्न आग्रह गरेका छन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा नियमित व्यायामबाट शारीरिक एवं मानसिक स्वास्थ्य कायम राख्न सहज हुने उनले बताए ।
‘आफ्नो शरीरका लागि केही समय छुट्याउनुभयो भने यसले स्वस्थ बनाउँछ । यसले हाम्रो स्वास्थ्य समस्यामात्र नभई मानसिक समस्या पनि कम गर्न मद्दत गर्छ ।
त्यसकारण व्यायाम गर्न अल्छी नगरौं । साथै यस्ता जिम क्लबले खेलाडी लक्षित प्याकेजहरू बनाउनुपर्छ, यसले सामाजिक उत्तरदायित्व बहन गराउँछ’, मन्त्री श्रेष्ठले भने ।
त्यस अवसरमा मन्त्री श्रेष्ठसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाह, चलचित्र निर्देशक आशिफ शाह, चलचित्र पत्रकार सङ्घका पूर्वअध्यक्ष दिनेश सिटौलालगायत उपस्थित थिए ।























