स्किल वीक २०२४ को समापन समारोहमा पाँच व्यक्तित्व ‘स्किल हिरो अवार्ड’ बाट सम्मानित
Tuesday Apr 09, 2024
वि.सं.२०८० चैत २७ मंगलवार २०:०९
स्किल वीक २०२४ पाँचौं संस्करण समापन समारोह आईतवार द सोल्टी होटेलमा आयोना भएको छ । उक्त कायृक्रम विशेष कार्यक्रमको बीच उद्यमीहरू, सरकारी कूटनीतिज्ञहरू, र १००+ इच्छुक उत्साहीहरुको उपस्थितिमा भब्यताका साथ समापन गरियो । कार्यक्रममा उपसभामुख, प्रतिनिधि सभा इन्दिरा राणा मगर प्रमुख अतिथिको रुपमा उपस्थिति थिइन् ।
स्किल वीक एक हप्ते कार्यक्रम थियो जसमा विभिन्न सीपमुलक तालिमहरु लगायत सीपयुक्त कार्यशाला, तालिम, केस स्टडी, लगायत मनोरन्जनलाई मध्य नजरमा राख्दै सीपलाई बिभिन्न आयामबाट प्रस्तुत गर्ने कोशीस गरिएको थियो ।
कलकारखाना, शैक्षिक संस्था एवम सरकारी निकाय सँगको साझेदारीको लक्ष्य लिइ तिनै क्षेत्रबाट सीपमुलक रोजगारीका अवसर, बद्द्दोे सीप प्रतिको महत्व, ब्यापार, सेवा, आधुनिक प्रबिधी देखी लिएर कला तथा संस्कृति झल्किने किसिमले सीपको महत्व उजागर गर्ने लक्ष्यलिई स्किल वीक कार्यक्रम ३१ मार्चदेखि ०८ अप्रिलसम्म सन्चालन भएको थियो । यस कार्यक्रममा ५ फरक सीप क्षेत्रहरू प्रदर्शन गरिएको थियो जसमा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतीथ्य, बिज्ञान तथा प्रबिधी एवम ड्युअल भिईटी/एप्रेन्टीसीप रहेका थिए ।
यसैबीच यिनै पाँच बिधामा पाँच अत्यन्त प्रेरणादायक ब्यक्तित्वहरुलाई स्किल हीरो अवार्ड २०२४ उपाधीबाट सम्मानित गरिएको थियो । पहिलो स्तम्भ अर्थात् कला र संस्कृतिका लागि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) दुई प्रसिद्ध दिग्गज कलाकारलाई समाजको परिवर्तनसँगै विभिन्न समस्यालाई कलाको मार्फतबाट हाँस्यब्यङ्ग गर्दै आफ्नो करियर समर्पित गरेकोमा पुरस्कृत गरिएको थियो ।
नेपाली जीवनमा उनीहरुको मनमोहक हास्यले हरेक उमेर समूहलाई मनोरञ्जन दिएको छ र यी जोडीले आफ्नो जीवनको दुई दशकभन्दा बढी समय चलचित्र, टेलिभिजन शृङ्खला र नाटकहरूमा हास्य र हृदय छुने भावनाहरू मार्फत सचेतना अभियानको हस्ताक्षर शैली सिर्जना गर्न समर्पित गरेका छन् ।
त्यसैगरी उद्यमशीलता विधामा किंग्स कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्याललाई स्किल हिरोको उपाधि प्रदान गरिएको छ । उनी समुदाय, शिक्षा र उद्यमशीलतालाई सँगै ल्याउन काम गर्ने शिक्षक हुनुहुन्छ। विद्यार्थी भवनबाट बाहिर निस्कँदा, वास्तविक समस्यासँग खेल्दा, सिकाइलाई प्रतिबिम्बित गर्ने, सहकर्मीहरूसँग छलफल गरेर सिकाइलाई व्यवहारमा लागू गर्दा वास्तविक सिकाइ हुन्छ भन्ने उनको दृढ विश्वास छ ।
यसका साथै पर्यटन तथा हस्पिटालिटी विधाका लागि पर्यटनसम्बन्धी तालिम दिने नेपालको पहिलो कलेज नेपाल कलेज अफ ट्राभल एण्ड टुरिजम म्यानेजमेन्टकी संस्थापक तथा अध्यक्ष छाया शर्मालाई सम्मान गरिएको थियो । उनी काष्ठमण्डप विद्यालय रि सार्क च्याम्बर क्राफ्ट्स भिलेजकी संस्थापक पनि हुन्, जुन सार्क क्षेत्रबाट हस्तशिल्पका लागि खुद्रा आउटलेट हो ।
महिला सशक्तिकरणको लागि रुट गर्दै, उनले नेपाल महिला उद्यमी संघको स्थापना गरिन् । त्यस्तै, विज्ञान तथा प्रविधि विधामा डा. भगवान कोइराला पुरस्कृत भएका छन् । डा. कोइराला कार्डियोथोरासिक सर्जन, प्राध्यापक र सामाजिक कार्यकर्ता हुन्। उनी नेपालमा ओपन–हार्ट सर्जरी सुरु गर्ने नेपाली शल्यचिकित्सकहरूको टोलीको नेतृत्व गर्नका लागि परिचित छन् ।
यस वर्ष, अप्रेन्टिससीप विषयवस्तु प्रस्तुत गर्यौं, र एप्रीउन्टिसीप विधामा पुष्पा चौधरीलाई पुरस्कृत गरियो । सुश्री चौधरी एक योग्य शेफ हुन् जसले होटल व्यवस्थापनमा आफ्नो सीप र क्यारियर प्रदर्शन गरिसकेकी छिन् । सोही दिन समापन समरोहलाई लक्षित गरेर सी ई वो अनप्लग्ड २०२४ नामक भब्य कार्यक्रम सन्चालन गरिएको थियो जसमा ब्यापारका चुनौती, अवसर एवम प्रयोगात्मक शिक्षाको महत्व एवम नव आगन्तुक व्यापारका पारखीहरुलाई मार्ग्दिशा प्रदान गर्न २ प्यानेल छलफल सन्चालन गरिएको थियो ।
सीईओ अनप्लग्डको पहिलो प्यानल छलफल ‘स्ट्याटजिक अलायन्स फर ग्रेटर इँप्याक्ट’ एवम दोस्रो प्यानलमा छलफल ‘दि वल्ड अफ वर्क–बिल्डिङ्ग अ रेसिलेन्ट फ्यूचर फर यूथ इन नेपाल’ शीर्षकमा आयोजना गरिएको थियो। कार्यक्रमको बिचमा राष्ट्रिय केस स्टडी प्रतियोगिताको फाइनल प्रस्तुति पनी सम्पन्न गरिएको थियो ।
कार्यक्रमलाई सभ्य र भव्य बनाउनका लागि यो कार्यक्रम विभिन्न संसंस्थाको साझेदारिमा सञ्चालन भएको थियो । हामी एफएनसीसीआई र नेपाल चेम्बर अफ कमर्स द्वारा अनुमोदित स्किल सप्ताहको सहकार्य घोषणा गर्न पाउँदा खुसी छौं । रणनीतिक साझेदारको रूपमा यूरोपीयन युनियन, भारतीय दूतावास, यूएनएचसीआर, स्विस एजेन्सी; इन्स्योर, र काठमाडौं महानगरपालिका रहेका छन् ।
होन्डा, कोका–कोला, ब्रिटिश काउन्सिल, शिभा, वर्ल्ड लिंक, र काठमाडौं वर्ल्ड स्कूल साझेदारहरूको रूपमा; पहल साझेदारको रूपमा सोल्टी काठमाडौं; गोल्छाग्रुपद्वारा समर्थित; एयरलाइन्स साझेदारको रूपमा यति एयरलाइन्स; टेक पार्टनरको रूपमा नियो ; टिकटिङ पार्टनरको रूपमा खल्ती; ज्ञान साझेदारको रूपमा किंग्स कलेज, होटल संघ नेपाल र नाडा अटोमोबाइल संघ ; पि आर साझेदारको रूपमा प्रिज्मा विज्ञापन; आउटरिच पार्टनरको रूपमा नो नेक्स्ट कोइस्च्चन र डिजिटल मिडिया पार्टनरको रूपमा व्यास मिडिया नेटवर्क, डिश होम गो रहेका छन् ।






















