CG Electronics
IME Life
NIMB

नेपालमा आफ्नो उपस्थिति बलियो बनाउदै जेसीबी

NIMB
Himalayan Bank

निर्माण उपकरण उत्पादनमा विश्वबजारको अग्रणी ब्राण्ड जेसीबीले आफ्नो आधिकारिक वितरक एमएडब्लू अर्थ मुभर्सद्वारा नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउने भएको छ ।

 

नेपाली बजारलाई सहयोग गर्ने उद्धेश्यले जेसीबी इन्डियाले ट्र्याक गरिएका केहि एक्साभेटरहरूको लागि ५ वर्ष वा १०,००० घण्टाको वारेन्टी योजना ल्याएको छ । एमएडब्लू अर्थ मुभर्सले विगत दुई दशक वर्षदेखि नेपालमा जेसीबीका निर्माण उपकरणहरु वितरण गर्दै आएको छ ।

एमएडब्लूको केन्द्रिय कार्यालय काठमाडौंमा छ भने नेपालभरि ३२ वटा शाखा कार्यालयहरु छन् र तीनवटा अपरेटर प्रशिक्षण संस्थानहरू छन् जहाँ युवाहरूलाई जेसीबी मेसिन चलाउन तालिम दिइन्छ । एमएडब्लूले नेपालमा आफ्नो चौथो अपरेटर ट्रेनिङ सेन्टर चितवनमा छिट्टै उद्घाटन गर्दैछ ।

जेसीबी इन्डियाका प्रमुख कार्यकारी अधिकृत दिपक शेट्टीज्युले नेपाल भ्रमणको क्रममा भने, ‘नेपाल हाम्रो लागि दक्षिण एसियाली क्षेत्रको महत्वपूर्ण बजार हो । यस क्षेत्रमा नेपालको नौलो पहिचान र स्थान छ, र हामीले हाम्रा ग्राहकहरूका लागि यहाँ सधैं अत्याधुनिक प्रविधियुक्त र उन्नत उत्पादनहरू प्रस्तुत गर्दै आएका छौँ । हामी हाम्रो आधिकारिक डिलर एमएडब्लू अर्थ मुभर्समार्फत हामीले निरन्तर राम्रो सम्बन्ध कायम राख्न सफल भएका छौँ ।’

नेपालमा जेसीबीका १०, ५०० भन्दा धेरै उपकरणहरु संचालनमा छन् । जसमध्ये व्याकहो लोडर्स, एक्साभेटर, विल्ड लोडर्स, र टेलिह्याण्डलर्स प्रसिद्ध छन् । यी सम्पूर्ण उपकरणहरुका पार्ट-पूर्जा र सर्भिसमा एमएडब्लू अर्थ मुभर्सका राष्ट्रव्यापी आउटलेट सञ्जालमार्फत सर्भिस भ्यानहरु परिचालन गरी ग्राहकहरूलाई सेवा सहायता प्रदान गरिन्छ ।

जेसीबीका उपकरणहरुमा जेसीबी लाईभलिङ्क नामक अत्याधुनिक प्रविध जडित हुन्छ, जसले मेसिनहरूको सेवा, सञ्चालन र सुरक्षाको बारेमा तत्कालै जानकारी प्रदान गर्छ ।

शेट्टीले नेपाली बजारको बारेमा बोल्दै थपे, ‘नेपाली बजारमा निर्माण प्रक्रियाका विभिन्न चरणहरूमा रहेका पूर्वाधार परियोजनाले गर्दा आगामी वर्षहरूमा बृद्धिको बलियो अवसर रहेको देखिन्छ र जेसीबी यस प्रक्रियाको हिस्सा बन्न तत्पर छ ।’

एमएडब्लूका प्रिन्सिपल डिलर विष्णु अग्रवालले भने, ‘विश्वस्तरीय जेसीबीका उपकरणहरुद्वारा ग्राहकहरुलाई सहायता गर्नेवाहेक हामीले नेपाली युवा जनशक्तिहरुलाई देशमै रोजगारका अवसरहरु प्रदान गर्न पाउँदा निकै गर्व गर्छाैं । एमएडब्लूले हाल करिब ५०० जनालाई रोजगारी दिएको छ भने चालकहरूका लागि तीनवटा विश्वस्तरीय प्रशिक्षण केन्द्रहरूमा पनि लगानी गरेको छ । यी अपरेटर प्रशिक्षण केन्द्रहरूमा चालकहरूलाई जेसीबीका मेसिनहरू कसरी सुरक्षित रूपमा सञ्चालन गर्ने भनेर सिकाइन्छ। हालसम्म हामीले झण्डै ५ हजार चालकहरूलाई तालिम प्रदान गरिसकेका छौं ।’

 

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन...

वि.सं.२०८३ असार १३ शनिवार १२:०२

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...