CG Electronics
IME Life
NIMB

नयाँ चरणको आर्थिक सुधारलाई ध्यानमा राखेर बजेट ल्याएको छौं : अर्थमन्त्री

NIMB
Himalayan Bank

 

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधारलाई ध्यानमा राख्दै अगामी आर्थिक वर्षको बजेट ल्याएको बताउनुभएकाे छ।

बुधबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री पुनले बजेटमार्फत नयाँ चरणको आर्थिक सुधार गर्नका लागि उच्चस्तरीय आयोग गठन गरेर विज्ञहरुसँग विगतको कामको समिक्षा गर्दै रोड म्याप प्रस्तुत गर्न सक्नेगरी लामो अन्तरक्रिया गरिने बताउनुभयाे ।

‘हामीले हाम्रो भौगोलिक अर्थतन्त्रमा सुहाउँदो अर्थनीति हामीले आफ्नो अवस्थिति अनुसार आफ्नो जनशक्तिअनुसार जनताका क्षमताअनुसारका र छिमेकमा कस्तो अर्थतन्त्र विकास भइरहेको छ । हाम्रो भौगोलिक अवस्थितिले के मा प्रतिपर्धी हुन सक्छ त्यो कुराको पनि हामीले कोसिस गरेका छौं’, उहाँले भन्नुभयाे, ‘त्यसैले यो सबै कुरालाई ध्यान दिएर अब नयाँ चरणको आर्थिक सुधार मार्फत मात्रै हामी देशलाई गति दिन सक्छौ भन्ने निष्कर्षमा पुगेर प्रस्तुत गर्ने कोसिस गरेका छौं । नयाँ चरणको आर्थिक सुधारका लागि उच्चस्तरीय आयोग नै गठन गरेर लामो अन्तरक्रिया जनतासँग, विज्ञहरुसँग गरेर एउटा रोड म्याप प्रस्तुत गर्न सकोस भन्ने सुरुमा नै प्रस्ताव गरेको छौं ।’

मन्त्री पुनले पूर्वाधारहरु पूर्वाधारका लागि मात्र नबनेको भन्दै पूर्वाधारलाई आर्थिक केन्द्रहरुको रुपमा विकास गर्ने अवधारणा अगाडि सारेको बताउनुभयाे ।

‘जति पूर्वाधारहरु बनेका छन् ति पूर्वाधारहरु पूर्वाधारका लागि मात्र बनेको होइनन् । पूर्वाधारहरुलाई सडक सञ्जाल एयरपोर्ट लगायतका पूर्वाधारहरुलाई आर्थिक पूर्वाधारको रुपमा अथवा आर्थिक करिडोरहरुको रुपमा आर्थिक केन्द्रहरुको रुपमा विकास गर्ने अवधारणा हामीले अगाडि सारेका छौं’, उहाँले भन्नुभयाे ।

अर्थमन्त्री पुनले रुग्ण अवस्थामा रहेका उद्योगको सञ्चालन सहजरुपमा गर्न नसकिने स्थिति नरहेको उल्लेख गर्दै रुग्ण अवस्थामा रहेका उद्योगलाई चलाउनका लागि सरकारले नयाँ रणनीति लिने दाबी गन्नुभयाे ।

स्थानीय तहलाई आर्थिक, राजनीतिक र प्रशासनिक केन्द्रका रुपमा विकास गर्ने लक्ष्यसहित आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याइएको उहाँको भनाइ छ ।

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...