IME Life
NIMB

‘राठीकोल’को ब्रान्ड एम्बासडरमा अभिनेता हमाल नियुक्त

NIMB
Himalayan Bank

 

काठमाडौं । ‘महानायक’को रूपमा परिचित अभिनेता राजेश हमाल राठी ग्रुपको प्रमुख उत्पादन ‘राठीकोल’को ब्रान्ड एम्बासडर नियुक्त भएका छन् ।

काठमाडौंको मेरियट होटेलमा मंगलबार आयोजित एक कार्यक्रमका बीच राठी ग्रुपका अध्यक्ष अरुण कुमार राठी र अभिनेता हमालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार हमालले अबको एक वर्षसम्म ‘राठीकोल’का विभिन्न विज्ञापनहरूमार्फत यसको प्रचार गर्नेछन् । राठी ग्रुपका अध्यक्ष अरुण कुमार राठीले ‘राठीकोल’ एढेसिभ उत्पादन गुणस्तरको हिसाबमा पनि पहिलो र उत्पादनको हिसाबमा पनि पहिलो रहेको बताए । ‘आज यो उत्पादनलाई लाखौँ कालिगडहरूले विश्वास गरेर प्रयोग गरिरहेका छन् भने हजारौँ बिक्रेताहरूले बेचिरहेका छन्’, उनले भनेक् विदेशी कम्पनीहरूको उत्पादनले लिएको बजारको प्रतिस्पर्धामा आफुहरुले राठीकोललाई स्थापित गर्न सक्षम भएको उनको दाबी थियो । उनले भने, ‘राजेश हमाल पनि जसरी दशकौँदेखि नेपाली चलचित्रमा पहिलो नम्बरको अभिनेता हुनुहुन्छ। उहाँ पनि एक नम्बर, हामी पनि एक नम्बरक्  हाम्रो काम नै जोड्ने हो ।’ उनले राठीकोल नेपालको हिमाल देखि तराईका सबै मौसमहरु र जुनसुकै तापक्रममा उपयुक्त हुने जानकारी दिए ।

अभिनेता हमालले ‘राठीकोल’लाई ‘नेशनल प्राइड’को रूपमा सम्बोधन गर्दै नेपालमा यो गुणस्तरको उत्पादन हुनु सबै नेपालीको लागि गर्वको कुरा रहेको बताएक् उनले कैयन विदेशी ब्रान्डहरूलाई जित्दै आफ्नो वर्चस्व कायम गर्न सफल रहेको बताउँदै यसको गुणस्तरको विश्वास लिएपछि मात्र एम्बासडर बन्न राजी भएको बताएक् उनले भने, ‘निकै वर्ष पहिले ‘राठीकोल’को चाखलाग्दो विज्ञापन आउँदा नै मैले यो ब्रान्डबारे थाहा पाएको थिएँ, पछिसम्म मेरो मानसपटलमा यो रहिरहेको रहेछक्’ राठीकोलका सिइओ योगेश राठीले हमालको चलचित्र यात्रा र राठीकोलको उत्पादनको यात्रा बराबर ३५ वर्ष रहेको उल्लेख गर्दै निरन्तर सहकार्यमा रहने बताए ।

राठी ग्रुप स्विच, केबल, बल्ब, हार्डवेयर र राठीकोलका लागि चिनिँदै आएको छ । ‘राठीकोल’ राठी ग्रुपको एक प्रमुख उत्पादन मध्ये एक हो, जसले गुणस्तरीय चिपकने पदार्थ (एढेसिभ) उत्पादनका रूपमा आफूलाई स्थापित गरेको छक् यो उत्पादन मुख्यतया फर्निचर बनाउने काममा प्रयोग हुने काठको कामका लागि प्रयोग हुन्छक् साथै अन्य फ्रेमिङका कामहरूमा पनि राठीकोल प्रयोग गर्न सकिन्छक्  नेपालमा सबैभन्दा ठुलो चिपकने पदार्थको कारखानाको रूपमा राठीकोलको कारखाना रहेको छक् यसको मुख्य नारा ‘टाँस्छ मज्जाले टाँस्छ’ रहेको छ । राठीकोल उत्पादनहरू प्रिमियम उड एढेसिभ, इकोनोमिकल उड एढेसिभ, साइनोएक्रिलेट (सुपरग्लु), क्राफ्ट एढेसिभ (बिषादीरहित), पारदर्शी एढेसिभ, इन्ड्रस्ट्रियल एढेसिभ, सिलिकन एसेटोक्सी क्यान र पाउच (न्युट्रल) तथा मास्किंग टेप, डक्ट टेप, ईभिए फोम टेप, कार्टुन टेप, डबल साइड टेप लगायत हुन् ।

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई पिपल्स डेन्टल कलेज तथा जनरल अस्पतालमा उपचार शुल्कमा छुट

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई पिपल्स डेन्टल...

वि.सं.२०८३ साउन २० बुधवार २३:०५

  काठमाडौं । नेपाल बैंक लिमिटेड र पिपल्स डेन्टल कलेज...

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

एनसेलले ल्यायो मनसुन अफर: प्याक वा सिम कार्ड किन्दा २० प्रतिशतसम्म क्यासब्याक पाइने

एनसेलले ल्यायो मनसुन अफर: प्याक वा सिम...

वि.सं.२०८३ साउन २० बुधवार १६:२७

  काठमाडौं । मनसुनका बादलहरूले देशभर ऊर्जा प्रवाह गरिरहेका बेला...

नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश क्षमता १९.१० प्रतिशत पुग्यो

नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश...

वि.सं.२०८३ साउन २० बुधवार ११:१८

  काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंकले आर्थिक...

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई : स्नेहशील बुद्धिमत्ता’ प्रदर्शनी, २०२६ का अत्याधुनिक एआई उत्पादन सार्वजनिक

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई :...

वि.सं.२०८३ साउन २० बुधवार ०८:०८

  काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरले नेपालका लागि आफ्नो आधिकारिक वितरक...

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन सार्वजनिक हुँदै

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन...

वि.सं.२०८३ साउन २० बुधवार ०८:००

  काठमाडौं । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी (ईभी) को...