CG Electronics
IME Life
NIMB

पर्यटन र उद्योग विकासका लागि मध्यवर्तीको कानून संशोधन भयो : वर्तौला

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौँ । मध्यवर्ती क्षेत्रमा पर्या–पर्यटन र उद्योग विकासका लागि मध्यवर्तीको कानून संशोधन संशोधन भएको एमाले प्रमुख सचेतक महेश वर्तौलाले वताउनु भएको छ ।

आज विहान पत्रकारहरुसंग कुरा गर्दै साँसद वर्तौलाले मंगलबारको प्रतिनिधि सभाको बैठकबाट लगानी सहजीकरण सम्वन्धी विधेयक, २०८१ पास भएको वताउनु भयो । नेपाल सरकारले लगानीको वातावरणलाई अनुकुल बनाई उद्योग–धन्दा, कल–कारखाना, व्यापार व्यवसाय वृद्धी मार्फत रोजगारी सिर्जना तथा सम्वृद्धी हाँसिल गर्न वाधकका रुपमा रहेको केहि मौजुदा कानूनहरुलाई संशोधन गर्नका लागि प्रस्ताव दर्ता गरेको थियो ।

वर्तौलाले भनेः– “यो विधेयक पारित भए संगै राष्ट्रिय निकुञ्ज ऐन २०२९ संशोधन भएको छ । संशोधन भएको व्यवस्थाले निकुञ्ज क्षेत्रमा गौरवका कुनै आयोजना सञ्चालन हुन अवरोध हुने छैन । मध्यवर्ती क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहले आयोजनाहरु सञ्चालन गर्न पाउने छन् ।

यसले मकवानपुर लगायत देशमा ३४ जिल्लाका स्थानी नागरिकहरुले मध्यवर्ती क्षेत्रकै कारण भोगिरहेका समस्याहरु हल हुने र थप सहज हुनेछन् । अव मयूरधाप औधोगिक क्षेत्रको काम पनि अघी बढ्रछ र मध्यवर्ती क्षेत्र कायम भएका ईलाकाहरु मनहरी, हेटौंडा १२, १३, १४, १५ नं. वडाहरुमा विकासका आयोजनाहरु अगाढी बढाउन सहज वातावरण वन्छ । ”

लगानी सहजीकरण सम्वन्धी विधेयक, २०८१को दफा ३ को उपदफा २ मा थप गर्न प्रस्ताव गरिएको उपदफा (१क) मा “दफा (५क) बमोजिम तोकिएको क्षेत्र बाहेक राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्र भित्रको कुनै क्षेत्र वा मध्यवर्ती क्षेत्रमा प्रकृति र मानव सहअस्तित्व कायम हुनेगरी राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना, लगानी बोर्डबाट स्वीकृती आयोजनावा राष्ट्रिय गौरवको आयोजना आयोजना सञ्चालन गर्न नेपाल सरकारले तोकिए वमोजिम स्विकृति दिन सक्नेछ ।”

भन्ने थियो । प्रतिनिधि सभामा मकवानपुर लगायत अन्य साँसदहरुको प्रस्ताव पछी उपदफा (१क)को अन्त्यमा देहाएको वाक्यांश थप्ने भनेर “मध्यवर्ती क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहले निर्माण गर्ने आयोजना सञ्चालन गर्न सक्नेछ र सम्वन्धित निकायको स्वीकृति लिई पर्यापर्यटन (ईकोटुरिजम) लगायतको अन्य उद्योग व्यवसाय सञ्चालन गर्न सक्नेछ ।” भन्ने वाक्यांश थपिएको छ ।

पर्यटन कथा, संस्कृति र व्यवस्थापनको विषय हो : मन्त्री पौडेल

पर्यटन कथा, संस्कृति र व्यवस्थापनको विषय हो...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:३२

  काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज...

उद्योगी–व्यवसायीको गुनासो : कर, अनुगमन र अस्थिर नीतिले बजार थलियो

उद्योगी–व्यवसायीको गुनासो : कर, अनुगमन र अस्थिर...

वि.सं.२०८३ जेठ १२ मंगलवार २०:२५

  काठमाडौं । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुन केही...

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा विशेष पूजा–अर्चना सम्पन्न

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा विशेष पूजा–अर्चना...

वि.सं.२०८३ जेठ १२ मंगलवार १०:२६

  काठमाडौं । दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगद्गुरु...

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन...

वि.सं.२०८३ जेठ १२ मंगलवार ०८:५३

  काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरूबाट कक्षा ११ र...

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय...

वि.सं.२०८३ जेठ १२ मंगलवार ०८:५१

  पोखरा । नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन...

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५१

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दोस्रोपटक संयुक्तरुपमा २३ युरोपेली मुलुकका...