CG Electronics
IME Life
NIMB

विपद्मा चार हजार चारसय सेना सक्रिया, तीन हेलिकोप्टर तैनाथ

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाली सेनाले मनसुनजन्य विपद्लाई दृष्टिगत गरी विभिन्न पूर्व तयारी अभ्यासहरु सञ्चालन गरेको जनाएको छ ।

सैनिक मुख्यालय भद्रकालीमा विहीबार आयोजित वार्षिक पत्रकार सम्मेलनमा विपद व्यवस्थापन कार्यमा सरोकारवाला निकाय तथा अन्य सुरक्षा निकायहरुको समेत उपस्थितिमा ७७ वटै जिल्लामा पूर्वतयारीका लागि ‘अभ्यास मनसुन’ तालिम पनि सञ्चालन गरिएको जानकारी दिइयो ।

सहायक रथी रविन्द्र खत्रीले मनसुनजन्य विपद् प्रतिकार्यलाई अझ प्रभावकारी बनाउन मनसुन केन्द्रित राष्ट्रिय विपद् प्रतिकार्य योजना–२०८१ अनुसार अत्याधुनिक स्रोत साधनसहित एक हजार एकसय २६ जनालाई विपद् व्यवस्थापन सम्बन्धी विशेष तालिम प्राप्त गराएर २२ स्थानमा पूर्वतैनाथ गरी परिचालन गरिएको जानकारी दिए ।

साथै विपद्लाई मध्यनजर पोखरा, सुर्खेत, इटहरीमा हेलिकोप्टर र एकवटा हवाईजहाजको काठमाडौंमा तयारी अवस्थामा तैनाथ गरिएको जानकारी दिए । आकस्मिक परिचालनको लागि १४ हजार एकसय २६ जना फौज तयारी हालतमा रहि देशका विभिन्न भागमा उद्धार कार्यमा सक्रिय रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

‘७७ वटै जिल्लामा तैनाथ अन्य फौज समेत विपद् प्रतिकार्य तथा व्यवस्थापनको लागि कुनैपनि समयमा परिचालन हुनसक्ने गरी तयारी हालतमा राखिएको छ ।

प्राकृतिक तथा मानव सिर्जित पहिरो, बाढी, डुवान, आगलागी, डढेलो, दुर्घटनाहरुमा नेपाली सेना चार हजार ४ सय ३८ जना नेपाली सेना विभिन्न विपद् प्रतिकार्यको लागि खट्टिएका छन्,’ सहायक रथी खत्रीले भने ।

गत आर्थिक वर्षमा नेपाली सेनाका हवाई साधनहरुबाट भएका कुल उडान संख्यामध्ये ८५ प्रतिशत उद्धार कार्यमा भएको र बाँकी १५ प्रतिशत सैनिक तालिम तथा अभ्यास, अति विशिष्ट– विशिष्ट व्यक्ति तथा कुटनीतिक उडान कार्य भएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

उद्धार कार्यमा भएका उडानमध्ये ९० प्रतिशत गैरसैनिक उद्धारमा उडान भएको बाँकी १० प्रतिशत उडान सैनिक व्यक्ति उद्धार कार्यमा भएको जनाइएको छ । त्यसैगरी, गैरसैनिक नागरिक उद्धार कार्यको लागि उडान भएको मध्ये ५० प्रतिशत उडान राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सुत्केरी उद्धार कार्यको लागि भएको छ ।

१२५ वटा सामुदायिक विपद् प्रतिकार्य तालिम तथा अभ्यासमा ३ हजार ३ सय ९० जनालाई तालिम प्रदान गरेको र हालसम्म २८ हजार ३५ जनालाई तालिम प्रदान गरिसकिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

साथै सेनाले ‘सफा हिमाल अभियान–२०२४’ अन्तर्गत सगरमाथा, ल्होत्से र नुप्से हिमाल सफाईबाट एकसय १९ टन फोहर १२ वटा मानव शव र चारवटा मानव अस्थिपरञ्जर संकलन गरिएको सेनाले जनाएको छ ।

उक्त अभियानमा १० जना सेना तथा शेर्पा सदस्य १८ गरी २८ जना सहभागी भएका थिए ।

त्यस्तै सेनाले वन तथा पर्यावरण सुरक्षा एवं प्रवर्द्धन कार्यक्रम अन्तर्गत १६ लाख १८ हजार ५ सय ७५ बोट विरुवाहरु बृक्षारोपण गरेको जनाएको छ । त्यसैगरी २० वटा ताल संरक्षण गरेको छ भने, ४१ हजार १ सय ६७ मिटर तारबार र १ हजार १ सय ४४ मिटर तटबन्ध निर्माण कार्य गरेको जनाएको छ ।

 

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...