CG Electronics
IME Life
NIMB

भ्याली स्लाम टेनिस आजदेखि

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । हिमाल मिडियाको आयोजनामा बीवाइडी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।

प्रतियोगितामा पुरुष÷महिला सिंगल्स, पुरुष डबल्स र भेट्रानको विभिन्न उमेरसमूहमा गरी जम्मा ११ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता सुपरभाइजर कृष्णराज घलेले जनाएका छन् ।

भेट्रानमा पुरुष ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्षमाथि र ६५ वर्षमाथि सिंगल्स र डबल्समा खेल हुनेछ ।

सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ । कुल पुरस्कार राशी ५ लाख ७६ हजार रुपैयाँ छ । पुरुष÷महिला सिंगल्स र पुरुष डबल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ४० हजार, २० हजार र १०÷१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

३५ वर्षमाथि सिंगल्स÷डबल्समा पहिलो हुनेले २५ हजार, दोश्रोले १२ हजार ५ सय र तेश्रो हुने दुई खेलाडीले ६÷६ हजार नगद पुरस्कार हात पार्ने छन् । ४५ वर्षमाथि पुरुष सिंगल्स÷डबल्सका विजेताले २० हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले ४ हजार ५ सय÷४ हजार ५ सय नगद पुरस्कार जित्ने छन् ।

५५ वर्षमाथि प्रथमलाई १५ हजार, दोश्रोलाई ७ हजार ५ सय र तेश्रो हुनेलाई ३ हजार ५ सय÷३ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने छ । ६५ वर्षमाथि पहिलो हुनेलाई १० हजार, दोश्रोलाई ६ हजार र तेश्रोलाई ३÷३ हजार नगदबाट पुरस्कृत गरिने छ ।

नेपाल टेनिस संघ तथा पाटनस्थित ढोकइमा क्याफेको सहयोगमा हुन लागेको प्रतियोगितामा १ सय ३९ खेलाडीको सहभागित रहने आयोजकले जनाएको छ । असोज १२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ ।

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...