CG Electronics
IME Life
Ncell NPL

टीभीएसको बाईक किन्दा उतीम लाल साहले जिते नगद १० लाख

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । टीभीएसको बाईक खरिद गर्दा जनकपुरका उतीम लाल साहले नगद १० लाख ५ हजार रुपैयाँ जितेका छन् । नेपालीहरुको महान चाड दशैँ, तिहार र छठका अवसरमा टीभीएसद्वारा आयोजित ‘टीभीएस संग नयाँ युगको आरम्भ २०२४’ उपहार योजना अन्तर्गत साहले बाइक खरिद गर्नु अघि ५ हजार रुपैयाँ र खरिद पश्चात १० लाख रुपैयाँ जित्न सफल भएका हुन् ।

 

साहका साथै, महा एक्सचेन्ज मेला, भृकुटीमण्डपमा टीभीएसको सवारी साधन खरिद गर्दा टेकराज गुरुङले ५ लाख ५ हजार रुपैयाँ जित्न सफल भएका छन् । उनले खरिदअघि ५ हजार र खरिद पश्चात ५ लाख रुपैयाँ जित्न सफल भएका हुन् । महा एक्सचेन्ज मेला, भृकुटीमण्डपमै टीभीएसको सवारी साधन खरिद गरेका प्रकाश अधिकारीले सवारी साधनको खरिदमा ५० प्रतिशत क्याशब्याक र खरिदअघि ५ हजार रुपैयाँ जित्न सफल भए्को जानकारी दिइएको छ ।

 

त्यसैगरी, बागेश्वरी अटोमोटिभ्स, धनगढीमा टीभीएसको सवारी साधन खरिद गरेका सञ्जित चौधरीले २५ प्रतिशत क्याशब्याक र खरिदअघि ५ हजार रुपैयाँ जित्न सफल भएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

साथै ‘टीभीएस संग नयाँ युगको आरम्भ २०२४’ उपहार योजना अन्तर्गत हाल सम्म २ जनाले नगद १ लाख रुपैयाँ, ४ जनाले नगद ५० हजार रुपैयाँ, १० जनाले नगद २५ हजार रुपैयाँ, १५ जनाले नगद १५ हजार रुपैयाँ र १८ जनाले नगद ५ हजार जित्न रुपैयाँ सफल भइसकेका छन् ।

नेपालमा दुईपाङ्ग्रे सवारी साधनको क्षेत्रमा अग्रणी ब्रान्ड टीभीएसले उपहार योजना अन्तर्गत टीभीएसको नेपाल भर रहेका अधिकारिक विक्रेता मार्फत टीभीएसका सवारी साधन खरिद गरेका उपभोक्ताहरु मध्य नगद उपहार जित्न सफल भाग्यशाली विजेताहरुको घोषणा गरेको हो ।

टीभीएस संग नयाँ युगको आरम्भ, उपहार योजना देशभरका टीभीएसका सवारी साधनका लागि आधिकारिक विक्रि केन्द्रहरू मार्फत आयोजना भइरहेको छ । उपहार योजनामा ग्राहकहरूको उत्साहपूर्ण सहभागिताका भइरहेको कम्पनीले बताएको छ । यस योजना अन्तर्गत, ग्राहकहरुले नगद पुरस्कार, क्याशब्याक, र प्री–पर्चेज बोनस जस्ता विविध पुरस्कारहरु जित्ने अवसर प्राप्त गरिरहेका छन् ।

चितवन अटो शो २०२६ मा फोटोन नेपालको विशेष कमर्शियल मोबिलिटी अफर

चितवन अटो शो २०२६ मा फोटोन नेपालको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:४८

  काठमाडौँ। Foton Nepal का आधिकारिक वितरक MAW Vriddhi Commercial...

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:०७

  काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक...

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण कायम गर्न नाडाको सरकारलाई आग्रह

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२४

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...

स्याकार ट्रेडिङद्वारा होण्डाका २ नयाँ प्रिमियम सर्भिस सेन्टर उद्घाटन, देशव्यापी विस्तारको घोषणा

स्याकार ट्रेडिङद्वारा होण्डाका २ नयाँ प्रिमियम सर्भिस...

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०९:२३

  काठमाडौं । नेपालमा होण्डा सवारी साधनका ग्राहकहरूलाई अझ गुणस्तरीय...

एमजी एस६ ईभी नेपाल भित्रिँदै, ५२९ किमी रेन्ज र १८० किलोवाट मोटर विशेषता

एमजी एस६ ईभी नेपाल भित्रिँदै, ५२९ किमी...

वि.सं.२०८३ वैशाख १५ मंगलवार ००:२०

  काठमाडौं ।पारामाउन्ट मोटर्स ले नेपाली बजारमा नयाँ मिडसाइज इलेक्ट्रिक...

जगदम्बा मोटर्सद्वारा प्रोटोन गाडीमा ‘सेल्स एण्ड एक्सचेन्ज एक्सिलेन्स’ योजना सार्वजनिक

जगदम्बा मोटर्सद्वारा प्रोटोन गाडीमा ‘सेल्स एण्ड एक्सचेन्ज...

वि.सं.२०८३ वैशाख १४ सोमवार २३:५४

  काठमाडौं । जगदम्बा मोटर्स ले प्रोटोन गाडीका ग्राहकहरूलाई लक्षित...