CG Electronics
IME Life
NIMB

एनपीएलको फ्रेन्चाइज टिम ‘कर्णाली याक्स’ जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने छ : सोमपाल कामी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका तीव्र गतिका बलर सोमपाल कामी ‘कमेडी दरबार’ को सेटमा पुगेर एनपीएल फ्रेन्चाइज टिम ‘कर्णाली याक्स’ को बारेमा जानकारी गराएका छन् । शनिबार ‘कमेडी दरबार’ मा पुगेर राष्ट्रका चर्चित क्रिकेटरहरु सोमपाल कामी, रित गौतम र मौसम ढकालले ‘कर्णाली याक्स’ को बारेमा जानकारी गराएका हुन् ।

‘कमेडी दरबार’ मा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मार्की खेलाडी सोमपाल कामीले ‘कर्णाली याक्स’ को टिम जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने बताए । उनले ‘कर्णाली याक्स’ को टिममा जोडिन पाउँदा खुसी लागेको बताए ।

उनले भने, ‘ ‘कर्णाली याक्स’ टिम मैदानमा जित्ने लक्ष्यका साथ उत्रिने छ । जति पनि खेल खेल्छौं जित्नकै लागि भनेर खेलिरहेका हुन्छौं । सबै टिमहरु एकदमै राम्रो छन् तर महत्वपूर्ण कुरा यो हो की त्यो दिन राम्रो खेल्न सकियोस् भन्ने हो । टि–२० क्रिकेट फास्ट खेल्ने क्रिकेट हो कसले जित्छ त्यो भन्न सकिँदैन तर हाम्रो ‘कर्णाली याक्स’ टिम एकदमै राम्रो छ ।’ साथै उनले भविष्यमा नेपाली क्रिकेट टिमले राम्रो नतिजा लिएर आउने बताए । कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टिमका तिव्र गतिका बलर सोमपाल कामी छन् ।

 

प्रतियोगिताको लागि कर्णाली याक्सले अक्सनबाट ‘ए’ श्रेणीमा राष्ट्रिय टोलीका गुल्शन झा, देव खनाल र नन्दन यावदलाई समावेश गरेको छ । त्यस्तै, ‘बी’ श्रेणीमा अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् । विदेशी तीन खेलाडी पनि अनुबन्ध गरिसकेको छ । कर्णाली याक्सले वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतलाई अनुबन्ध गरेको छ ।

प्रतियोगिताकै लागि कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा होटल हिल्टनसँग सम्झौता गरिसकेको छ । प्रतियोगिता १५ मंसिरदेखि ६ पुससम्म हुनेछ ।

पर्यटन कथा, संस्कृति र व्यवस्थापनको विषय हो : मन्त्री पौडेल

पर्यटन कथा, संस्कृति र व्यवस्थापनको विषय हो...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:३२

  काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज...

उद्योगी–व्यवसायीको गुनासो : कर, अनुगमन र अस्थिर नीतिले बजार थलियो

उद्योगी–व्यवसायीको गुनासो : कर, अनुगमन र अस्थिर...

वि.सं.२०८३ जेठ १२ मंगलवार २०:२५

  काठमाडौं । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुन केही...

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा विशेष पूजा–अर्चना सम्पन्न

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा विशेष पूजा–अर्चना...

वि.सं.२०८३ जेठ १२ मंगलवार १०:२६

  काठमाडौं । दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगद्गुरु...

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन...

वि.सं.२०८३ जेठ १२ मंगलवार ०८:५३

  काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरूबाट कक्षा ११ र...

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय...

वि.सं.२०८३ जेठ १२ मंगलवार ०८:५१

  पोखरा । नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन...

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५१

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दोस्रोपटक संयुक्तरुपमा २३ युरोपेली मुलुकका...