CG Electronics
IME Life
NIMB

थापाथलीमा सीजी मोटर्सले नयाँ सोरुम सञ्चालनमा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । इलेक्ट्रिक भेइकल जीएसी मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले काठमाडौंको थापाथलीमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गर्दै सीजी मोटर्सले थापाथली चोकैमा सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको हो ।

उक्त शोरुमको उदघाटन सीजी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरी र चिनियाँ राजदूत छन सोङले गरेका हुन् । सो अवसरमा जीएसी आयोनका विभिन्न पदाधिकारी र सीजी मोटर्सका निर्वाण चौधरी लगायत विभिन्न पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो । शोरुम उद्घाटनसँगै जीएसी आयोन एस र हाइपर ईएस समेत अनावरण गरिएको छ ।

नयाँ शोरुमले ग्राहकहरूलाई एकै ठाउँबाट जीएसी मोटर्सले उत्पादन गरेका नयाँ मोडलका गाडीको बारेमा बुझ्नका साथै किन्नको लागि सहयोग गर्ने चौधरीले बताए । राजदूत सोङले विश्वमा ईभीको प्रयोग बढ्दै गएकाले नेपालमा पनि ईभीको प्रयोगलाई बढाउँदै लगे इन्धन खपत र वातावरण प्रदूषण पनि कम हुने बताए ।

चिनियाँ कम्पनी जीएसी मोटर्सले उत्पादन गरिरहेको आयोन वाई ब्रान्ड विश्व बजारमा निकै लोकप्रिय रहेको छ । विश्व बजारमा बीवाईडी, टेस्लापछि आयोन बढी बिक्री हुने गाडीका रुपमा पनि रहेको बताइएको छ । कम्पनीले जिएसीको आयोन वाई मोडल बिक्री सुरु गरेको ३ महिनापछि आयोनको डेडिकेटेड सोरुम खोलेको हो।

सोरुम उद्घाटनसँगै कम्पनीले चिनियाँ गाडी जिएसी आयोन हाइपर एचटी पनि प्रदर्शनीका रुपमा सार्वजनिक गरेको छ। सिजीले नेपालमा भित्र्याएको आयोन हाइपर एचटी ब्रान्डकै सर्वाधिक प्रिमियम मिडसाइज एसयूभी गाडी हो।

चीनमा मात्र नभई विश्वभर नै धेरैले मन पराएको सो एसयूभीको नेपालमा पनि बिक्री–वितरण शुरु भइसकेको छ। आधुनिक, सुरक्षित र आरामदायी अनुभवको संयोजन रहेको आयोन वाईमा १०० किलोवाट मोटर रहेको छ, जसले २२५ एनएमको अधिकतम टर्क दिन्छ। यसको लिथियम आयरन फस्फेट ब्याट्रीको क्षमता ६१.४ किलोवाट आवर छ, जसमा ६.६ किलोवाट चार्जरको पनि सुविधा छ। एक फुल चार्जमा यसले ५०० किलोमिटर भन्दा बढी रेन्ज दिने कम्पनीको दावी छ । यसमा म्यागजिन ब्याट्री पनि रहेको छ।

आयोन वाईको अगाडि र पछाडि दुवैचक्कामा डिस्क ब्रेक छ र यसको ग्राउन्ड क्लियरेन्स १८३ एमएम छ । आयोन वाईमा १७ इन्च आल्मुनियम अलोय ह्विल, एलईडी. डेटाइम रनिङ लाइट, फोल्डिङ साइड मिरर र पानीको सेन्सर भएको वाइपर सहितको विभिन्न सुविधाहरु छन् । यसमा प्यानोरामिक सनरूफ, एम्बियन्ट लाइटिङ र ४०५ लिटरको विशाल बुट पनि छ जसलाई १२०० लिटर सम्म बढाउन सकिन्छ।

आयोन वाईमा सुरक्षालाई विशेष ध्यान पु¥याइएको छ। गाडीमा ८ वटा एयरब्याग, अगाडिका साइड एयरब्यागहरू, साइड कर्टेन एयरब्याग, र अटो होल्ड सहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक पाउन सकिन्छ।

गाडीमा १०.२५ इन्च इन्स्ट्रयुमेन्ट प्यानल, मल्टि इन्फर्मेसन डिस्प्ले र १४.६ इन्च टचूिस्क्रन डिस्प्ले रहेको छ। यसबाहेक एचडी. भिजन पार्किङ सिस्टम, किलेस इन्ट्री, र ३६० डिग्री एचडी भ्यु क्यामेरा सिस्टम लगायतका अन्य थुप्रै सुविधाहरु छन् ।

‘पिफन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि काठमाडौंमा हुँदै

‘पिफन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि काठमाडौंमा...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:१८

  काठमाडौं । नेपाल विद्युत् व्यवसायी महासंघको आयोजनामा विद्युत्, इलेक्ट्रोनिक्स,...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:१६

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण,...

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ POCO सर्भिस सेन्टर सञ्चालनमा

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ POCO सर्भिस सेन्टर...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:१०

  काठमाडौं । रमेश कर्पअन्तर्गतको कम्पनी टेलि टक प्रालिले सानेपास्थित...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौं संस्करण जेठ १७ देखि हुने

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौं संस्करण जेठ...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:०६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो ३२औं वार्षिकोत्सवको अवसरमा...

एनआईसी एशिया बैंकद्वारा महेन्द्रनगरस्थित दूधमती राष्ट्रिय प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

एनआईसी एशिया बैंकद्वारा महेन्द्रनगरस्थित दूधमती राष्ट्रिय प्राथमिक...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:०३

  काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत...

लक्ष्मी सनराइज क्यापिटल र जेनेसिस भेन्चर्सबीच आईपीओ निष्कासन व्यवस्थापन सम्झौता

लक्ष्मी सनराइज क्यापिटल र जेनेसिस भेन्चर्सबीच आईपीओ...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:००

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेड र जेनेसिस भेन्चर्स लिमिटेडबीच...