CG Electronics
IME Life
NIMB

नेपालमा इनड्राइभले ल्यायो आरामदायी सवारी सुविधा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । विश्वव्यापी मोबिलिटी र शहरी सेवामा क्रियाशील इनड्राइभले नेपालमा ‘इनड्राइभ कम्फर्ट’ नामक नयाँ सुविधा सुरु गरेको छ । यात्रुलाई थप आरामदायी र उच्चस्तरीय यात्रा अनुभव प्रदान गर्ने उद्देश्यले ल्याइएको यो सुविधा इनड्राइभको यात्रालाई नयाँ उचाइमा पु-याउने प्रयास हो ।

यो सेवा इनड्राइभको यात्रामा निरन्तर सुधार ल्याउने प्रतिबद्धताको प्रतिबिम्ब हो, जसले यात्रुलाई थप सुविधा, भिन्न विकल्प र व्यक्तिगत प्राथमिकतामा आधारित यात्रा अनुभव प्रदान गर्नेछ ।

इनड्राइभ कम्फर्ट सुविधाले यात्रुलाई उच्च गुणस्तरीय गाडी र बढेको ठाउँको अनुभव प्रदान गर्न सक्छ । यो सुविधा मुख्यतः उनीहरूका लागि लक्षित छ जो सवारीमा थप आराम, खुला ठाउँ र गुणस्तरीय सेवा खोज्दै छन् । यात्रुले अब इनड्राइभ कम्फर्टको माध्यमबाट नेपालमा सहज र आरामदायी यात्रा अनुभव गर्न सक्छन् । यो विशेषताले यात्रालाई सहज, शान्त र मज्जाले बिताउने सुविधा दिनेछ ।

इनड्राइभका दक्षिण एशिया सिनियर मार्केटिङ म्यानेजर, अविक कर्माकरले भने, “हामी हाम्रो यात्रुहरूको आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न प्रकारका यात्रा विकल्पहरू उपलब्ध गराउन प्रतिबद्ध छौँ । इनड्राइभ कम्फर्ट सुविधा नेपालको यात्रुहरूको लागि एक रोमाञ्चक र नयाँ अनुभव हो । यात्रुहरूले अब विस्तार भएको ठाउँ, सफा र आरामदायी वातावरण र निष्पक्ष मूल्यमा यात्रा अनुभव गर्न पाउनेछन् । साथै, यस सुविधाले हाम्रो ड्राइभर पार्टनरहरूलाई थप अवसरहरू उपलब्ध गराउँदै सेवा स्तरमा सुधार ल्याउन मद्दत गर्नेछ।“

 

इनड्राइभ कम्फर्टका विशेषताहरूः

१. उच्च गुणस्तरीय गाडीहरूः इनड्राइभ कम्फर्टको अन्तर्गत आउने सबै गाडीहरू उच्च गुणस्तरमा भएका छन् र एयर कन्डिसन सहित आरामदायी यात्रा अनुभव प्रदान गर्छन् । यो विशेषताले यात्रुलाई काठमाडौँको भीडभाड र गर्मीबाट राहत दिन्छ । गाडीहरूको उच्च स्तरको मर्मत र सफाइले यात्रुलाई सफा र सहज वातावरणमा यात्रा अनुभव गराउँछ ।

२. सेडान क्लास गाडीहरूः इनड्राइभ कम्फर्टले विशेषगरी सेडान क्लासका गाडीहरूको छनोट गरेको छ जसले यात्रुलाई थप खुला ठाउँ र लेगरूम दिन्छ । यसले एक्लै वा साथीभाइहरूसँग यात्रा गर्ने यात्रुहरूलाई आरामदायी र खुला वातावरणमा यात्रा गर्न प्रेरित गर्छ।

३. न्यायपूर्ण मूल्य निर्धारणः इनड्राइभले निष्पक्ष र पारदर्शी मूल्य निर्धारणको प्रतिवद्धता जनाउँदै आएको छ र इनड्राइभ कम्फर्टमा पनि यो विशेषता लागू गरिएको छ । यात्रुहरूले निष्पक्ष मूल्यमा उच्चस्तरीय सेवा र आरामदायी यात्रा अनुभव गर्न पाउनेछन् ।

४. आरामदायी र सहज यात्रा अनुभवः इनड्राइभ कम्फर्टले यात्रुहरूलाई शान्त र आरामदायी यात्रा अनुभव गराउँछ। थप लेगरूम, सहज ड्राइभिङ अनुभव र उच्च रेटेड ड्राइभरहरूसहित यो सुविधा सहरको भीडभाडमा सुरक्षित र तनावमुक्त यात्रा प्रदान गर्न डिजाइन गरिएको छ ।

 

यात्राका लागि नयाँ विकल्प-यात्रु र ड्राइभर दुवैका लागि फाइदाजनक

इनड्राइभ कम्फर्टको सुरुवातसँगै यात्रुहरूका लागि विकल्पको विविधता थपिएको छ । उनीहरूले आफ्नो आवश्यकताअनुसार साधारण यात्रा र उच्चस्तरीय कम्फर्ट यात्रा बीच छनोट गर्न सक्छन् । यो सुविधा विशेष गरी ती ड्राइभरहरूका लागि लाभदायक छ, जो उच्च रेटिंग राख्छन् र प्रिमियम गाडीहरू चलाउँछन् । इनड्राइभ कम्फर्ट यात्राका लागि यसले ड्राइभरलाई थप आम्दानी गर्ने अवसर प्रदान गर्दछ ।

इनड्राइभका एशिया प्यासिफिक कम्युनिकेशन लिड, पवित नन्दा आनन्दले भने, ‘हामी यात्रु र ड्राइभर दुवैलाई आफ्ना प्राथमिकताअनुसार यात्रा छनोट गर्ने स्वतन्त्रता दिन्छौं । तपाईंले ड्राइभर छान्न सक्नुहुन्छ, चाहे तपाईँले इभी गाडीको लागि केही समय पर्खन तयार हुनुहुन्छ वा साधारण गाडीको छिटो पिकअप विकल्प रोज्न चाहनुहुन्छ । हाम्रो मोडेलमा कुनै एल्गोरिदमले भिन्नता निर्धारण गर्दैन । यहाँ कुनै सर्ज छैन। हामी यात्रामा पारदर्शिता र निष्पक्षतालाई प्राथमिकता दिंदैछौं र सबै प्रयोगकर्ताहरूलाई विकल्प प्रदान गर्दछौं।’

इनड्राइभ एउटा विश्वव्यापी मोबिलिटी र शहरी सेवा प्लेटफर्म हो । इनड्राइभ एप २०० मिलियन पटक डाउनलोड भइसकेको छ र २०२२ र २०२३ मा दोस्रो सबैभन्दा बढी डाउनलोड गरिएको मोबिलिटी एप हो। राइड–हेलिङ बाहेक, इनड्राइभले सहरभरका यातायात, मालसामान ढुवानी, साना कामहरूको सहायतामा र कूरियर डेलिभरी जस्ता विविध शहरी सेवाहरू पनि प्रदान गर्छ । २०२३ मा, इनड्राइभले आफ्नो नयाँ उद्यम र एमएन्डए शाखा ‘न्यू भेन्चर्स’ सुरु गर्यो ।

इनड्राइभ ७४९ सहरहरूमा ४६ देशहरूमा सञ्चालनमा छ । कम्पनीले आफ्नो मुख्य व्यापारिक मोडल मार्फत स्थानीय समुदायलाई सहयोग पुर्याउने लक्ष्य राखेको छ । इनड्राइभको गैर-नाफामूलक शाखा इनभिजनले शिक्षा, खेलकुद, कला र विज्ञान, लैंगिक समानता जस्ता सामुदायिक सशक्तीकरण कार्यक्रमहरूमा योगदान पु¥याउँदै आएको छ । इनड्राइभले २०३० सम्ममा एक अर्ब जनसंख्यामा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखेको छ ।

नेपालमा इनड्राइभ कम्फर्ट सुविधाको सुरुवातले नेपाली यात्रुहरूलाई एक नयाँ अनुभव प्रदान गर्नेछ भने सवारी साधनहरूको क्षेत्रमा इनड्राइभको उच्चस्तरीय सेवाको महत्व झल्काउनेछ ।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...