CG Electronics
IME Life
NIMB

स्काएफले एशिया प्रशान्त क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

NIMB
Himalayan Bank

काठमाडौं । ‘सोसाइटी अफ कन्सल्टिङ् आर्किटेक्चरल एण्ड इन्जिनियरिङ्ग फम्र्स नेपाल’ स्काएफले फिडिक एशिया प्रशान्त क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।

आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै स्काएफले सम्मेलन २०८१ मंसिर ३ देखी ५ गतेसम्म काठमाण्डौको होटल हायात रिजेन्सि काठमाडौंमा आयोजना गर्न लागेको जानकारी गराएको हो । वस्तुकला तथा इन्जिनियरिङका विविध प्रविधिका बारेमा परामर्श सेवा प्रदान गर्न सम्मेलन हुन लागेको हो ।

यस पटक ‘गभर्नेस फर क्लाइमेट सक्स’ भन्ने मुख्य विषयवस्तु रहेको अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको हो । १५ वर्षको अन्तरालमा यसपटक अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको हो । यसअघि सन् २००९ मा नेपालल एशिया प्रशान्त क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय सम्मेलन आयोजन गर्ने मौका प्राप्त गरेको थियो ।

पर्यावरणीय विपदलाई सम्बोधन गर्ने प्राविधिक तथा नीतिगत विषय उपर सातवटा विशिष्टिकृत शिर्षक बनाइ सञ्चालन हुने त्रिदिवसीय सम्मेलनमा करिब चार सयको सहभागिता रहने छ ।
एक सय भन्दा यही अन्तर्राष्ट्रिय र तीन सय राष्ट्रिय सहभागी तथा पर्यवेक्षकहरुले एशिया प्रशान्त क्षेत्र तथा अन्य गरी २३ देशलाई यस सम्मेलनमा प्रतिनिधित्व गराइनेछ ।

सम्मेलनमा प्रमुख अतिथिको रुपमा उप प्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिहले उदघाटन गर्ने कार्यक्रम छ । साथै उक्त कार्यक्रममा परामर्शदाताहरुको अन्तर्राष्ट्रिय संस्था फिडिककी अध्यक्ष क्याथरीन काराकात्सानीसको समेत विशेष उपस्थिति रहनेछ ।

हरेक बर्ष वार्षिक रुपमा फिडिक एशिया प्रशान्त क्षेत्रीय सम्मेलन आयोजना हुने गर्दछ । अघिल्लो पटक फिडिक एशिया प्रशान्त क्षेत्रीय सम्मेलन थाईल्याण्डको बैंककमा आयोजना भएको थियो भने आउँदो बर्ष सन् २०२५ को सम्मेलन ईन्डोनेशीयाको बालीमा आयोजना हुनेछ ।

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...