CG Electronics
IME Life
NIMB

सेयर बजारमा गिरावट, कारोबार रकम भने बढ्यो

NIMB
Himalayan Bank

काठमाडौं । बुधबार, सेयर बजारको परिसूचक नेप्से २४.९७ अंक घटेर २७५० अंकमा कायम भएको छ । यस गिरावटसँगै बजारको कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ८ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ९ अर्ब १३ करोडको कारोबार भएको छ ।

१०४ कम्पनीको मूल्य बढ्दा १३२ कम्पनीको मूल्य घटेको छ, जबकि ८ कम्पनीको मूल्य स्थिर रह्यो । अघिल्लो दिन उच्च दरले बढेका व्यापार समूहको मूल्य आज ८.७ प्रतिशत घटेको छ । विशेषगरी, विशाल बजार कम्पनीको मूल्य ९.१७ प्रतिशत घटेपछि व्यापार समूहमा ८.७२ प्रतिशतको गिरावट आएको हो ।

अर्काे, बैंकिङ समूहमा ०.३४ प्रतिशत, विकास बैंकमा १.९४ प्रतिशत, फाइनान्समा १.२४ प्रतिशत, होटलमा ०.४० प्रतिशत, जीवन बीमा १.५० प्रतिशत, लगानीमा ०.०२ प्रतिशत, निर्जीवन बीमा ०.३३ प्रतिशत र अन्य समूहमा ०.७४ प्रतिशतको गिरावट आएको छ ।

यसैबीच, माइक्रोफाइनान्स, उत्पादन र हाइड्रोपावर समूह क्रमशः ०.१२, ०.१४ र ०.५९ प्रतिशतले बढेका छन ।

खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र रिभर फल्स पावरको मूल्य १० प्रतिशत बढेको छ। अन्य उच्च मूल्य वृद्धि गर्ने कम्पनीहरुमा इङ्वा हाइड्रोपावर (९.७ प्रतिशत), स्वाभिमान लघुवित्त (९.४ प्रतिशत), अपरहेवाखोला (८.७ प्रतिशत), माथिल्लो मैलुङखोला जलविद्युत (८.३ प्रतिशत), र सूर्योदय लघुवित्त (७.८ प्रतिशत) रहेका छन् ।

विपरीत, सपोर्ट माइक्रोफाइनान्स र लाइफ इन्स्योरेन्स कर्पोरेसनको मूल्य १० प्रतिशत घटेको छ । साथै, विशाल बजार कम्पनीको मूल्य ९.१७ प्रतिशत, नेपाल फाइनान्सको ५.०१ प्रतिशत र सुपरमादी हाइड्रोपावरको ४.५ प्रतिशत मूल्य घटेको छ ।

कारोबार रकमको आधारमा जोशी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, आँखुखोला जलविद्युत, सानिमा माइ हाइड्रोपावर र रसुवागढी हाइड्रोपावर प्रमुख रूपमा अगाडि रहेका छन् ।

 

 

 

 

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन...

वि.सं.२०८३ असार १३ शनिवार १२:०२

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...