CG Electronics
IME Life
Ncell NPL

‘शार्क ट्यांक नेपाल’ अब हिमालय टिभीमा

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । उद्यमीहरूमाझ चर्चित टेलिभिजन कार्यक्रम ‘शार्क ट्याङ्क’ को नेपाली संस्करण हिमालय टिभीमा आउने भएको छ । सोमबार हिमालय टिभीले विशेष कार्यक्रमको आयोजना गर्दै ‘शार्क ट्यांक नेपाल’को औपचारिक घोषणा गरेको हो । सो अवसरमा पाँचजना शार्क (निर्णायक) घोषणा भएका छन् । बेलायती टिभी कार्यक्रम ‘शार्क ट्यांक’बाट इजाजत लिएर हिमालय टिभीले नेपाल संस्करण ल्याउन लागेको हो ।

शोलाई ‘हिमालय रोडिज’ फेम्ड सिमोस सुनुवारले निर्देशन गर्नेछन् । एउटा एपिसोडमा पाँच जना उद्यमी गरेर कुल २० एपिसोडमा एकसय जना उद्यमीले आफ्नो व्यवसाय र उद्यमशीलताको आइडिया पिच गर्नेछन् । शोमार्फत ३५ देखि ४० करोड रुपैयाँ लगानी उद्यमीलाई जुटाइने छ । हिमालय टिभीमा आगामी तीन महिनाभित्र प्रसारणको अपेक्षा राखिएको कार्यक्रमको छायांकन फागुनदेखि गर्ने तयारी छ ।

कार्यक्रमको छायांकन नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा हुनेछ । शीघ्र प्रसारण हुन्छ भन्दै २०२२ मै यस कार्यक्रमको घोषणा गरिएको थियो । तर, घोषणा गरेको दुई वर्षसम्म कार्यक्रम प्रसारणमा आउन सकेको थिएन ।

नवीनता, उद्यमशीलता र लगानीलाई प्रवर्द्धन गर्ने उद्देश्यले चर्चित यो प्लेटफर्म भारत, पाकिस्तान, बंगलादेशमा समेत लोकप्रिय छ ।

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:३२

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ...

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:१७

काठमाडौं ।आज २५७०औँ बुद्ध जयन्ती । बुद्ध जयन्ती तथा लुम्बिनी...

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई प्रधानमन्त्रीको आग्रह

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:३०

  काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको...

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो भन्ने चिन्तामा छन् : अध्यक्ष खनाल

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२२

  काठमाडौं । आज विश्वभर अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात् मे...

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको त्रिसंयोग; विश्वभर फैलाइँदै शान्तिको सन्देश

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:२१

काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष...