Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

नेप्से सूचकमा सुधार : कारोबार घटेर पनि बजारमा हरियाली

Machhapuchchhre Bank Limited

 

काठमाडौं । लगातार तीन दिन कारोबार घटेको नेप्से चौथो दिन भने बढेको छ । गएको हप्ताको बुधबार, बिहीबार र यो हप्ताको पहिलो दिन आइतबार घटेको नेप्से सोमबार भने बढेको हो ।

आज २८.९१ अंकले बढेर नेप्से २६१२.२० अंकमा बन्द भएको छ । सूचकमा सुधार देखिएपनि आजको बजारमा कारोबार भने बढ्न सकेन । आइतबार ४ अर्ब ५१ करोड रुपैयाँको सेयर कारोबार भएकोमा सोमबार घटेर ४ अर्ब ४३ करोडको मात्र कारोबार भएको हो ।

बढेको बजारमा पनि लगानीकर्ता ८ अर्ब कम कारोबार गरेका छन् । नेप्से सूचक बढेर बजारमा हरियाली छाउँदा म्युचुअल फण्ड बाहेकका सबै समूहको उपसूचक बढेका छन् । यो दिन सबैभन्दा धेरै हाइड्रो समूहको सूचक बढेको देखिन्छ । यस समूहको सूचक ३।६५ प्रतिशतले बढ्दा विकास बैंक र फाइनान्स समूहको सूचक क्रमशः १.१५ र १।६७ प्रतिशतले बढेका छन्।

अन्य समूहहरूको भने सामान्य वृद्धि देखिएको छ । म्युचुअल फण्डको उपसूचक भने आज एकैदिन ४.२१ प्रतिशतले घटेको हो ।

कम्पनीगत रुपमा आज कारोबारमा आएका ३२८ वटा कम्पनी मध्ये १९४ वटा कम्पनीको मूल्य बढेका छन् भने ४२ वटा कम्पनीको घटेको छ । बाँकी ८ वटा कम्पनीको मूल्यमा भने कुनै फेरबदल भएन ।

आज बढ्ने कम्पनीहरूमा सर्पोट माइक्रोफाइनान्स र सुपर मादी हाइड्रो अगाडि छन्। यी दुवै कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै, बराही हाइड्रो, बलेफी हाइड्रो र नेपाल हाइड्रो डेभलपर जस्ता कम्पनीले ९ प्रतिशत माथिको वृद्धि गरेका छन् ।

घट्ने कम्पनीहरूमा आज मानुशी लघुवित्त अगाडि छ । यो कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागेको हो। यसका अलावा, कर्पोरेट डेभलपमेन्ट बैंक पनि ३.१६ प्रतिशतको गिरावटसँगै मूल्य घट्नेमा दोस्रो स्थानमा छ।

कारोबारका आधारमा आज पनि जानकी फाइनान्स अग्रस्थानमा छ । यो कम्पनीको १८ करोडको कारोबार हुँदा जोशी हाइड्रोको ११ करोडको कारोबार दोस्रो स्थानमा छ ।

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन : सञ्चालनमा

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन :...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:४३

  हेटौंडा । बागमती प्रदेशको प्रमुख औद्योगिक एकाइ हेटौंडा सिमेन्ट...

सरकारी नीतिकै अभावमा सुनचाँदी व्यवसायमा विकृती मौलाएको छ : संस्थापक अध्यक्ष शाक्य

सरकारी नीतिकै अभावमा सुनचाँदी व्यवसायमा विकृती मौलाएको...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:३३

        माणिकरत्न शाक्य संस्थापक अध्यक्ष नेपाल सुनचाँदी...

विद्युतिय सवारी साधनको बीमा नीतिबारे नाडाको आग्रह

विद्युतिय सवारी साधनको बीमा नीतिबारे नाडाको आग्रह

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:११

  काठमाडौं । नेपाल अटोमोबाइल्स डिलर्स एशोसिएसन (नाडा) का उपाध्यक्ष...

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८ दिन भोजन, सातै प्रदेशमा स्वास्थ्य सेवा

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:५६

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८ औं...

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:५२

  काठमाडौँ । गणित विषयलाई अझै पनि परम्परागत रूपमा नै...

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन कार अफ द इयर” अवार्ड

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:३३

  काठमाडौं । बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड...