CG Electronics
IME Life
NIMB

काठमाण्डौको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । क्लिनिक वानले काठमाण्डौ मण्डिखटारमा तेश्रो शाखा संचालनमा ल्याएको छ।

बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले शनिवार आयोजित औपचारिक कार्यक्रमका बीच रिवन काटेर क्लिनिक,ल्याबको उद्घाटन गर्दै सोही अवसरमा संचालन गरिने नि:शुल्क स्वास्थ्य सिविर शुभारम्भ समेत गर्नुभयो।

उद्घाटन पश्चात बोल्दै मेयर अधिकारीले रोग लाग्नेले मात्र होइन स्वास्थ्यको ख्याल पुर्याउन स्वास्थ्य व्यक्तिले पनि शरीरको नियमित चेकजाँच गर्नुपर्ने बताउनुभयो। खानपान जीवनशैलीको असन्तुलनले मानिसमा धेरै किसिमका रोग तथा संक्रमण बढ्दै गएकाले स्वास्थ्य सचेतना बढाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो।

क्लिनिक वानका उप कार्यकारी सन्तोष पौडेलले स्वास्थ्य क्षेत्रलाई व्यवसायिक रुपमा भन्दा सेवाको भावले हेरिनुपर्ने बताउनुभयो। स्वास्थ्य क्षेत्रमा क्रियाशील संघसंस्थाले असन्तुलित प्रतिस्पर्धालाई होइन सहुलियत तथा छिटोछरितो र गुणस्तरीय सेवालाई जोडदिनुपर्ने उल्लेख गर्नुभयो।

कार्यक्रममा उपमेयर अनिता लामा, वडा नम्बर ९ कि वडाध्यक्ष सुमित्रा त्रिपाठी लगायतले स्वास्थ्य मानिसको जीवनको महत्त्वपूर्ण कुरा भएको र स्वस्थ शरीर नभए केही पनि गर्न नसकिने भएकाले यसलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड्दिनुभयो।

यस अघि ललितपुरको जावलाखेल र भक्तपुरको मध्यपुर ठिमीमा ल्याब तथा स्वास्थ्य सेवा संचालनमा ल्याएको क्लिनिक वानको यो काठमाण्डौ जिल्लाको पहिलो तथा उपत्यकाको तेस्रो सेवा केन्द्र हो। उद्घाटनको अवसर पारेर शनिवार देखि नै पांच दिनसम्म नि:शुल्क स्वास्थ्य सिविर संचालन गरिएको छ। डाक्टर परामर्श, इसिजी, युरिक एसिड, सुगर, कोलेस्टेरोल जांच नि:शुल्क तथा भिडियो एक्सरेमा ५० प्रतिशत,ल्याब टेस्टमा २५ प्रतिशत तथा खोप र औषधिमा ११ प्रतिशत छुट दिइएको छ।

एमएडब्लु वृद्धिद्वारा २०२६ दिपल एस०५ प्लसको बिक्री सुरु

एमएडब्लु वृद्धिद्वारा २०२६ दिपल एस०५ प्लसको बिक्री...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:०५

  काठमाडौँ । नेपालका लागि दिपल ब्राण्डका फ्युचरिस्टिक तथा इन्टेलिजेन्ट...

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल फाउन्डेसनको सहर्कायमा विश्वका दिग्गज साहित्यिक व्यक्तित्वहरुलाई नेपालमा ल्याउने

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३१

  काठमाडौं । ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’का...

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका जुसर र ब्लेन्डरसँग घरमै तयार गर्नुहोस् ताजा र स्वस्थकर जुस

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका...

वि.सं.२०८३ जेठ १० आइतवार १६:४१

काठमाडौँ । बढ्दो तापक्रम र प्रि-मनसुनको उकुसमुकुस (Humidity) ले गर्दा...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२०

  काठमाडौं । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका...

कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क भोजन वितरण कार्यक्रम

कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:३८

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...