CG Electronics
IME Life
Ncell NPL

निजामती विधेयकभित्र ट्रेड युनियनको विषय सामान्य हो : बर्तौला

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संघीय निजामती विधेयकमा ट्रेड युनियनको विषय ठूलो विषय नभएको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यति सानो विषयलाई ठूलो बनाएर अन्य विषयलाई ओझेलमा पार्ने प्रयास ट्रेड युनियनका नेताहरुबाट भएको भन्दै आक्रोश व्यक्त गरे ।

उनले भने, ‘संघीय निजामती विधेयकभित्रको ट्रेड युनियनको विषय भनेको निकै सानो विषय हो । तर यसलाई सबैभन्दा ठूलो विषय बनाएर अन्य विषयलाई ओझेलमा पार्ने प्रयास अहिलेका ट्रेड युनियनका साथीहरुले गरिरहनु भएको छ । यो ठिक भएन् ।

ट्रेड युनियनको कानून र अधिकारको कुरालाई यति धेरै बलशाली तरिकाले उठाउनुपर्ने अवस्था थिएन । यो विषय सांसदहरुको तर्फबाट उठेको होईन, ट्रेड युनियनको आन्दोलनमा लागेका साथीहरुका तर्फबाट बढी उठेको हो यसरी उठ्नुपर्ने कुनै आधार देख्दिन् ।’

यसको साथै, उनले संसदमा वा संसदीय समितिमा सांसदहरुले उठाएका विषयमा अदालतले पनि प्रश्न उठाउन नमिल्ने भन्दै ठूलो ट्रेड युनियनको रुपमा रहेको युनियनका अध्यक्षले धम्कीपूर्ण रुपमा विज्ञप्ति निकाल्नु गलत भएको बताए ।

उनले भने, ‘संसदमा वा संसदीय समितिमा सांसदहरुले उठाएका विषय अदालतको पनि मसला बन्न सक्दैँन् ।

अदालतमा पनि प्रश्न उठाउन पाइदैँन् । तर बोलेर बाहिर नआउदैँ मिडियाको हेडलाइनलाई आधार बनाएर नेपालको सबैभन्दा ठूलो ट्रेड युनियनको रुपमा रहेको युनियनको अध्यक्षले हस्ताक्षर गरेर जे विज्ञप्ति निकाल्नुभयो त्यो धम्कीपूर्ण रुपमा थियो । त्यो गलत कुरा हो ।

सांसदले बोलेको कुरालाई केन्द्रीत गरेर विज्ञाप्ति निकाल्ने र चेतावनी दिने कुरा बेठिक हो ।’
सरकारले महत्व दिएर अगाडि बढाएको विधेयकमाथि यस्तो प्रश्न उठ्नु राम्रो नभएको भन्दै राम्रो काम गर्न खोज्दा पनि गलत भएको उनको भनाई छ ।

सरकारको नेतृत्व गरिरहेको एमाले, सत्तारुढ कांग्रेस, प्रमुख प्रतिपक्षी माओवादी केन्द्र र मधेस केन्द्रित राजनीतिक दलका भातृ संगठनका रूपमा रहेका कर्मचारी ट्रेड युनियनका अध्यक्षहरूले शुक्रबार विज्ञप्ति जारी गरेर संसदीय समितिमा धारणा राख्ने दलका प्रमुख सचेतक र सचेतकहरूलाई चेतावनी दिएका थिए ।

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग :...

वि.सं.२०८३ वैशाख १६ बुधवार २३:१०

  काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम...

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:२५

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ...

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ,...

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:०६

  काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न...

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’ बनाउने मन्त्री चौधरीको निर्देशन

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:४३

  काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा...

ललितपुरको जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा

ललितपुरको जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:३१

  काठमाडौं । लामो समयदेखि अवरुद्ध ललितपुरको बालकुमारीस्थित जीआईएस सबस्टेशन...

हिरासतमा मेरो छोराको हत्या गरियो, न्याय नपाएसम्म लास उठाउँदैनौ : बिन्दमाया विश्वकर्मा

हिरासतमा मेरो छोराको हत्या गरियो, न्याय नपाएसम्म...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:०२

  काठमाडौं । सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा ७...