CG Electronics
IME Life
Ncell NPL

नेशनल लाइफका ४०० भन्दा बढी अभिकर्ताले लिए प्राविधिक प्रशिक्षण

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरु र मार्केटिङ कर्मचारीहरुलाई इन्स्योरेन्स इन्स्टिच्यूट अफ इण्डिया, कलेज अफ इन्स्योरेन्सका भिजिटिङ फ्याकल्टी मेम्वरहरुले कोलकात्तामा विविध विषयमा तालिम प्रदान गरेको छ । तोकिएको लक्ष्य पुरा गरी नेपालभरबाट तालिम कार्यक्रममा सहभागि हुन योग्य भएका अभिकर्ताहरु र मार्केटिङ कर्मचारीहरुलाई कम्पनीले कोलकात्तामा तालिम प्रदान गरेको हो ।

कलेज अफ इन्स्योरेन्सका प्रिन्सिपल श्री वि.के. नायकको सभापतित्वमा सम्पन्न भएको उक्त तालिममा अन्य भिजिटिङ फ्याकल्टी मेम्बरहरु श्री जे. सेन, श्री मिहिर गोस्वामी, श्री अनिरवन शाह लगाएतले विभिन्न विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।

कलेजका प्रिन्सिपल वि.के. नायकले कार्यक्रमको औपचारिक उद्घाटन गर्दै तालिमका सहभागिहरुलाई स्वागत गर्नु भएको थियो । वहाँले यति धेरै अभिकर्ताहरुलाई नेपाल बाट इण्डियासम्म ल्याएर व्यवस्थित तरिकाले प्रशिक्षणमा सहभागि गराई प्रशिक्षण प्रदान गर्ने अवसर दिएकोमा कम्पनीलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा, प्रशिक्षक मिहिर गोस्वामीले इनोभेटिभ प्रोस्पेटिङ सम्वन्धनमा प्रशिक्षण प्रदान गर्नु भएको थियो । वहाँले विभिन्न उदाहरण प्रस्तुत गर्दै नविन सोच लिई अगाडी बढेमा बीमा व्यवसायमा सफलता प्राप्त हुने बताउनु भयो । यसैगरी अर्का प्रशिक्षक श्री अनिरवन शाहले बिजनेश कन्ट्यूनिटी साईकल का सम्वन्धमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । बहाँले अभिकर्ताले ग्राहकहरुको रुची, व्यवसाय, पारिवारिक अवस्था, आम्दानीलाई ख्याल गरी बीमा बिक्रि गर्ने र विक्रि पश्चात पनि आफ्ना ग्राहकहरुसंग सँधै सम्वन्ध प्रगाढ राखेमा व्यवसायले निरन्तरता प्राप्त गर्ने सकिने विषयमा विभिन्न उदाहरण प्रस्तुत गर्दै प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

कम्पनीका बजार विभाग प्रमुख विवेक शर्मा र एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाको नेतृत्वमा प्रशिक्षणमा सहभागि भएका करिब ४०० जना भन्दा बढि अभिकर्ताहरु र कम्पनीका माकेटिङ कर्मचारीहरुलाई कलेजका प्रिन्सिपल एवं प्रशिक्षकहरुले तालिम प्रमाण पत्र वितरण गरेका थिए ।

बीमा जगतमा प्रतिष्ठित संस्था इन्स्योरेन्स इन्स्टिच्यूट अफ इण्डियाको तालिममा सहभागि भई तालिम प्रमाण पत्र प्राप्त गर्नु एउट ठूलो अवसर भएको र यो अवसर जुराई दिएकोमा कम्पनी प्रति हार्दिक आभारी रहेको सहभागि अभिकर्ताहरुले बताउनृ भएको थियो ।

 

नेपाली महको अन्तर्राष्ट्रिय बजार पहुँचका लागि बृहत् परियोजना र महिला उद्यमी संवाद

नेपाली महको अन्तर्राष्ट्रिय बजार पहुँचका लागि बृहत्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार २३:४८

काठमाडौं । नेपालको मह क्षेत्रलाई उच्च निर्यात सम्भावना भएको उद्योगको...

लक्ष्मी सनराइज बैंक र आईएफसीबीच महिला उद्यमशीलता प्रवर्द्धनका लागि सहकार्य सम्झौता

लक्ष्मी सनराइज बैंक र आईएफसीबीच महिला उद्यमशीलता...

वि.सं.२०८३ वैशाख २९ मंगलवार २३:४३

  काठमाडौं । लक्ष्मी सनराइज बैंकले विश्व बैंक समूहअन्तर्गतको निजी...

Laxmi Sunrise Bank Partners with IFC to Advance Women-Focused Financial Inclusion in Nepal

Laxmi Sunrise Bank Partners with IFC to...

वि.सं.२०८३ वैशाख २९ मंगलवार २३:४०

Kathmandu, Nepal –Laxmi Sunrise has entered into an advisory engagement...

नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्षमा पुन : रामबहादुर यादव

नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्षमा पुन :...

वि.सं.२०८३ वैशाख २९ मंगलवार २३:३२

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघ को उन्नाइसौं साधारण सभाले...

सरकारको नीतिपछि सेयर बजारमा लगानीकर्ता त्रसित

सरकारको नीतिपछि सेयर बजारमा लगानीकर्ता त्रसित

वि.सं.२०८३ वैशाख २९ मंगलवार २३:०७

काठमाडौं । सरकारले सार्वजनिक गरेको आर्थिक तथा राजस्वसम्बन्धी नीति, बैंकिङ...

नेपालमा एमजी एस सिक्स इलेक्ट्रीक एसयूभी सार्वजनिक: ६९.९९ लाख मूल्यमा ५३० किमि रेन्ज दाबी

नेपालमा एमजी एस सिक्स इलेक्ट्रीक एसयूभी सार्वजनिक:...

वि.सं.२०८३ वैशाख २९ मंगलवार २२:४५

काठमाडौं । नेपालमा एमजीको नयाँ इलेक्ट्रीक एसयूभी ‘एमजी एस सिक्स’...