CG Electronics
IME Life
Ncell NPL

कुमारी बैंकद्वारा बुढानीलकण्ठमा उद्यमी प्रशिक्षण कार्यक्रम

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । कुमारी बैंकद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रीको आतिथ्यमा बुढानीलकण्ठमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

युएसएडसँगको साझेदारीमा ‘देशै भरि बर्षै भरि’ उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि नियमितरुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले हात्तिगौडा शाखामार्फत बुढानीलकण्ठ नगरपालिका, वडा नं. ४ को समन्वयमा बुढानीलकण्ठमा महिला तथा युवा उद्यमशीलता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जसमा दुई सय भन्दा बढी महिला तथा युवा उद्यमीहरुको सहभागीता रहेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल र बुढानीलकण्ठ नगरपालिका वडा नं. ४ का अध्यक्ष श्रीराम केसीको उपस्थिीतीमा आयोजित कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका वडा नं४ मा स्थायी बसोबास गर्दै आएका उद्यमी महिला तथा युवाहरूको लागि एकदिने उद्यमशीलता प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो ।

उक्त प्रशिक्षण कार्यक्रमले वडामा स्थायी बसोबास गर्दै आएका उद्यमी महिला तथा युवाहरूको जीवनस्तर उकास्न तथा व्यवसाय र उद्यमलाई प्राथमिक रूपमा अगाडि बढाउन प्रोत्साहन मिल्ने उदेश्य लिएको वडा नं ४ का अध्यक्ष श्रीराम केसीले बताए ।

वित्तिय ज्ञान, सिप, मनोबृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिकरुपमा उद्यमशिलता प्रवद्र्धन तथा विकास हुने विश्वास लिएको कुमारी बैंकले यस अभियानमा सर्वसाधारणहरुको विषयगत संवेदनशीलतालाई सहजै बुझ्न सकिने गरि वित्तिय उद्यमी प्रशिक्षण, वित्तिय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुको अभिनय सहितका सन्देशमुलक भिडियोहरु, सचेतनामुलक सन्देशहरु विकास गरि नियमितरुपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको छ ।

उद्यमी प्रशिक्षणबाट हरेक स्थानिय निकायमा रहेका उद्यमी सोचहरुको प्रवद्र्धन तथा विकासमा टेवा पुर्‍याउँदै आर्थिकरुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ।

५ अर्ब लगानी रहेको जालपादेवी केबलकार दुई महिनाभित्र सञ्चालनमा आउँदै

५ अर्ब लगानी रहेको जालपादेवी केबलकार दुई...

वि.सं.२०८३ वैशाख ३० बुधवार १२:२३

  काठमाडौं । आइएमई समूहले कैलालीको चिसापानी क्षेत्रमा निर्माण गरिरहेको...

प्रभु इन्स्योरेन्स कम्पनीको खुद बीमाशुल्क र नाफा दुवै ५प्रतिशतले बढ्यो

प्रभु इन्स्योरेन्स कम्पनीको खुद बीमाशुल्क र नाफा...

वि.सं.२०८३ वैशाख ३० बुधवार ०९:३७

  काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो...

हिमालयन एभरेष्ट इन्स्योरेन्स खुद बीमाशुल्क आर्जन १५प्रतिशतले बढ्यो

हिमालयन एभरेष्ट इन्स्योरेन्स खुद बीमाशुल्क आर्जन १५प्रतिशतले...

वि.सं.२०८३ वैशाख ३० बुधवार ०९:३३

  काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको अपरिष्कृत...

सागर डिष्टिलरी लिमिटेडको घाटा ३ करोड ५३ लाख रुपैयाँ नाघ्यो, आम्दानी बढ्दा पनि खर्चले दबाब

सागर डिष्टिलरी लिमिटेडको घाटा ३ करोड ५३...

वि.सं.२०८३ वैशाख ३० बुधवार ०९:११

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म...

विद्युत बिक्रीको आम्दानीसँगै माउन्टेन इनर्जीको नाफा पनि बढ्यो, ईपीएस १६.८९ रुपैयाँ

विद्युत बिक्रीको आम्दानीसँगै माउन्टेन इनर्जीको नाफा पनि...

वि.सं.२०८३ वैशाख ३० बुधवार ०८:३६

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

नेपाली महको अन्तर्राष्ट्रिय बजार पहुँचका लागि बृहत् परियोजना र महिला उद्यमी संवाद

नेपाली महको अन्तर्राष्ट्रिय बजार पहुँचका लागि बृहत्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार २३:४८

काठमाडौं । नेपालको मह क्षेत्रलाई उच्च निर्यात सम्भावना भएको उद्योगको...