CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ ५ मंगलवार

skip this KENT :CG Electronics 6

नेपाल लाइफद्वारा एक दिवसीय बिक्री रूपान्तरण सत्र सम्पन्न

NIMB
nepal medical
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं। नेपालकाे अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंमा एक दिवसीय बिक्री रूपान्तरण सत्र सम्पन्न गरेको छ। कार्यक्रममा चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिक व्यापार समीक्षासँगै बाँकी अवधिका लागि नयाँ सेल्स रणनीति तर्जुमा गरिएको थियो।

कम्पनीका संचालक कमलेश कुमार अग्रवालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत (CEO) प्रवीण रमण पराजुली, नेशनल सेल्स हेड उमापति पोखरेलसहित उच्च व्यवस्थापन टोली र प्रादेशिक प्रमुखहरूको सहभागिता रहेको थियो।

अग्रवालले कम्पनीले प्रतिकूल आर्थिक अवस्थाका बाबजुद प्राप्त गरेको सफलतामा समर्पित नेपाल लाइफ टिमलाई धन्यवाद व्यक्त गर्दै कम्पनी अझ ठूलो उपलब्धि हासिल गर्न सक्षम रहेको बताए। उनले ग्राहकमैत्री सेवा विस्तारका लागि संचालक समिति सधैं प्रतिबद्ध रहने जनाए।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीले उत्कृष्ट प्रदर्शन गरेको उल्लेख गर्दै बीमा बजारको विस्तार र सचेतना अभिवृद्धिमा थप योगदान दिनुपर्नेमा जोड दिए। उनले बीमा क्षेत्रमा अझै ठूलो सम्भावना रहेको भन्दै नयाँ इनोभेटिभ प्रोडक्टमार्फत बजार विस्तार गर्न योजना बनाइएको जानकारी गराए।

कार्यक्रममा सेल्स विभाग प्रमुख र प्रादेशिक प्रमुखहरूले आफ्नो प्रतिवेदन प्रस्तुत गरे। नेशनल सेल्स हेड उमापति पोखरेलले बीमा बजारको विस्तार र कम्पनीको व्यवसायिक उचाइमा पुर्याउन नेपाल लाइफको सेल्स टिम पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।

कम्पनीले आगामी दिनमा लगानी विविधिकरण, डिजिटल सेवा विस्तार, र कर्मचारी दक्षता विकासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।

चर्को गर्मीलाई मात दिन सीजी (CG) को ‘मेगा लन्च’: ३९ मोडलको विशाल फ्यान पोर्टफोलियोसहित ७ नयाँ मोडलहरू एकैसाथ सार्वजनिक

चर्को गर्मीलाई मात दिन सीजी (CG) को...

वि.सं.२०८३ जेठ ५ मंगलवार १७:२८

काठमाडौँ । नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफ्नो स्मार्ट डोमेस्टिक...

“गर्मी बढ्दै छ, तर भान्साको चिन्ता होइन!” : नेपालीहरूको ‘चिसो साथी’ बन्दै सीजीका ४४ मोडलका रेफ्रिजरेटरहरू

“गर्मी बढ्दै छ, तर भान्साको चिन्ता होइन!”...

वि.सं.२०८३ जेठ ५ मंगलवार १७:२३

  काठमाडौँ । गर्मी मौसम सुरु भएसँगै हरेक नेपाली भान्सामा...

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लाई अन्तर्राष्ट्रिय ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी’ अवार्ड

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लाई अन्तर्राष्ट्रिय...

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:४७

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार...

सासा ट्राभल्सले पहिलो वार्षिकोत्सव भव्य रूपमा मनायो

सासा ट्राभल्सले पहिलो वार्षिकोत्सव भव्य रूपमा मनायो

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:२३

  काठमाडौं । युवा उद्यमी सोनी राणा नेतृत्वको सासा ट्राभल्स...

‘एजेन्सी करियर बबाल छ’ नारासहित एडीएम ३६० ग्रोथ समिट सम्पन्न

‘एजेन्सी करियर बबाल छ’ नारासहित एडीएम ३६०...

वि.सं.२०८३ जेठ ४ सोमवार २३:५६

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका...

एनसेल फाउन्डेसनद्वारा १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’ घोषणा

एनसेल फाउन्डेसनद्वारा १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई...

वि.सं.२०८३ जेठ ४ सोमवार २३:४३

  काठमाडौँ । युवा सशक्तीकरण र शिक्षाप्रतिको आफ्नो प्रतिबद्धता अनुसार,...