CG Electronics
IME Life
NIMB

इन्डेक्स एक्सचेन्जको बम्पर अफर, यस्तो छ उपहार योजना

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । यूएईस्थित इन्डेक्स एक्सचेन्जले ग्राहकको भाग्य बदल्ने योजनासहित शान ए रमदानको चौथो संस्करण लिएर आएको छ । यो वर्ष ‘यस बार, बुल्डोजरको वार’ नारासहित रमदानको अवसरमा कम्पनीले आफ्ना ग्राहकलाई भाग्य बदल्ने योजना ल्याएको हो।

कम्पनीले ‘भत्काउनुहोस् आफ्नो दुस्खको पर्खाल, अनि बनाउनुस् जीवनको बाटो सरल’ नारा दिएर मध्यपूर्वको प्रमुख सहर यूएईबाट यो अभियान थालेको छ । यूएईमा छुट्टै पहिचान बनाउन सफल यस कम्पनीले अन्य एक्सचेन्ज कम्पनीको तुलनामा निकै भिन्न उपहार योजना ल्याएको हो ।

कम्पनीले आगामी मार्च २९ तारिखसम्म मान्य रहने गरि ‘शान ए रमदान सिजन ४’ मा इन्डेक्स एक्सचेन्जका यूएई भरका आफ्ना जुनसुकै शाखाबाट नेपालसहित आफ्नो देशमा पैसा पठाउँदा हरेक १० दिनमा एसयुभी गाडी, सुन, नगद र आफ्नो देशमा घर जित्न सक्ने बताएको छ ।

दुःख, बाधा र समस्यासँग धैर्य, साहस र शक्तिसहित बुल्डोजरले पर्खाल भत्काउनु पर्छ भन्ने सन्देशसहित यस कार्यक्रमको प्रवर्द्धनका क्रममा कम्पनीले बुल्डोजरलाई प्रस्तुत गरेको छ। बुल्डोजरलाई हिम्मत, साहस, आँट, भरोसा र शक्तिको प्रतीकका रुपमा लिने गरिन्छ । परदेशी श्रमिकको हिम्मत, साहस र शक्तिको कदर गर्दै उनीहरू कै लागि यो अभियान थालिएको एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत सैयेद अब्दुस सलामले बताए ।


आफ्नो घर परिवारबाट टाढा रहेर दुस्ख गरि परिवारको लागि आयश्रोत बन्दै साथमा देशको अर्थतन्त्रलाई समेत पनि टेवा पुर्याउन यो योजना ल्याएको, जसमा सहभागी भइ हरेक १० दिनमा हुने लक्की ड्रबाट आफ्नो जीवन बदल्न प्रमुख कार्यकारी अधिकृत सैयेद अब्दुस सलामले यूएईबासी सबैमा आह्वान गरेका छन् ।

इन्डेक्स एक्सचेन्जले हरेक वर्ष विभिन्न कार्यक्रम सहित ग्राहक बर्गमा नयाँनयाँ योजनाहरू ल्याउने गरेको जसमा धेरै नेपालीले उपहार जितेको एक्सचेन्जका प्रमुख ब्यापार प्रबन्धक मिर के रसूलले बताए । पछिल्लो पटक एकजना नेपालीले नेपालमा घर जितेको र अन्यले लाखौँ रुपैयाँ जितिसकेको रसूलले जानकारी दिए।

एक्सचेन्जले यूएईमा वित्तीय साक्षरता कार्यक्रम पनि चलाउँदै आएको छ। केही महिनाअघि ‘अब कि बार, हुण्डी पे वार’ नारासहित यूएईको सबै इमिरेट्समा कम्पनीले गैरकानुनी विप्रेषणविरुद्ध घरदैलो कार्यक्रम चलाएको थियो । त्यसपछि नेपालीलाई लक्षित गरी ‘विन अ मिलियन’को तेस्रो संस्करण ल्याइएको थियो । जसमा दश लाख नगदसहित केहि नेपालीले घर जाने हवाइ टिकट जितेका इन्डेक्स एक्सचेन्जका नेपाल प्रतिनिधि नवीन पौडेलले बताए ।

देश छाडेर प्रदेशमा संघर्ष गर्दा श्रमिकले कमाएको धन सुरक्षित रुपमा पठाउने काममा साथ दिन यो अभियान ल्याएको कम्पनीको दाबी छ ।

टाइटनको २२औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न, आलिया भट्ट नेपालका लागि ब्रान्ड एम्बासडर घोषित

टाइटनको २२औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न, आलिया...

वि.सं.२०८३ असार १ सोमवार १५:५९

  विश्वप्रसिद्ध घडी तथा लाइफस्टाइल ब्रान्ड टाइटन को नेपाल प्रवेशको...

इप्पानको नयाँ नेतृत्वद्वारा सपथग्रहण, सचिव कृष्ण घिमिरेद्वारा ऊर्जा क्षेत्रमा आमूल परिवर्तनको प्रतिबद्धता

इप्पानको नयाँ नेतृत्वद्वारा सपथग्रहण, सचिव कृष्ण घिमिरेद्वारा...

वि.सं.२०८३ असार १ सोमवार ११:०६

  काठमाडौं,स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नवनिर्वाचित नेतृत्वले...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार १ सोमवार १०:०५

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...