CG Electronics
IME Life
NIMB

सन नेपाल लाइफले मलेशियामा नेपाली आप्रवासी कामदारहरूको लागि बैदेशिक रोजगार बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न 

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

क्वालालम्पुर, मलेशिया — मलेशियामा कार्यरत नेपाली आप्रवासी कामदारहरूको वित्तीय सुरक्षा र सचेतना बढाउने उद्देश्यले सन नेपाल लाइफ इन्स्योरेन्सले बैदेशिक रोजगार बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रममा मलेशियाका लागि नेपाली राजदूत माहामहिम डा. नेत्रप्रसाद तिमसिना प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रमको मुख्य उद्देश्य मलेशियामा कार्यरत नेपाली आप्रवासी कामदारहरूलाई बैदेशिक रोजगार बीमा, दाबी भुक्तानी प्रक्रिया, र यसका दीर्घकालीन लाभहरूबारे जानकारी दिनु थियो। सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्री राजकुमार अर्यालले आप्रवासी श्रमिकहरूको वित्तीय सुरक्षा र स्वास्थ्य सुरक्षामा बीमाको महत्वबारे विस्तृत जानकारी दिनुभयो।

श्री अर्यालले उल्लेख गरे कि सन नेपाल लाइफले नेपाली आप्रवासीहरूको आर्थिक र स्वास्थ्य सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। उनले बताए कि कम्पनीले १३९ शाखा तथा उपशाखा कार्यालयहरू र २५ हजार भन्दा बढी अभिकताहरू मार्फत देशभर र विदेशमा रहनु भएका नेपाली नागरिकहरूलाई जीवन बीमा सेवा प्रदान गर्दै आएको छ।

मलेशियाका लागि नेपाली राजदूत डा. नेत्रप्रसाद तिमसिनाले यस्ता कार्यक्रमहरूले आप्रवासी नेपालीहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गरेको बताउँदै सन नेपाल लाइफलाई धन्यवाद जनाउनुभयो। उनले आप्रवासी कामदारहरूलाई बीमा योजनाहरूबारे थप जागरूक बनाउन पनि आह्वान गर्नुभयो।

यस कार्यक्रम मार्फत मलेशियामा कार्यरत नेपाली आप्रवासी कामदारहरूलाई बैदेशिक रोजगार बीमाको महत्व र यसका लाभहरूबारे प्रत्यक्ष जानकारी दिइएको छ। सन नेपाल लाइफले आफ्ना ग्राहकहरूको वित्तीय सुरक्षामा निरन्तर समर्पित रहने बताउँदै यस्ता कार्यक्रमहरू भविष्यमा पनि जारी राख्ने घोषणा गरेको छ।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...