CG Electronics
IME Life
Ncell NPL

एमालेमा आफूलाईमात्रै शुद्ध ठान्ने र पूर्वाग्रह राख्ने संकीर्णवाद छ : उपमहासचिव गुरुङ

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेकपा एमालेका उपमहासचिव समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङले एमालेभित्र संकीर्ण र दक्षिणपन्थी अवसरवादतिर लैजाने विचार रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित प्रेस चौतारी नेपाल एशोसियट प्रदेश समितिको दोस्रो अधिवेशनमा बोल्दै उनले एमालेको आफूलाईमात्रै शुद्ध ठान्ने र अरुलाई ल्याउन नचाहने, ल्याउँदाखेरी पनि जिम्मेवारी यथोचित नदिने, पूर्वाग्रह राखिराख्ने जस्तो संकीर्णवादले आजको कम्युनिष्ट आन्दोलन कमजोर बनाएको बताए ।

उनले भने, ‘हाम्रोभित्रको अर्को रोग भनेको दक्षिणपन्थी अवसरवाद हो । अहिले हाम्रो पार्टीमा एउटा विचार छ, त्यो संकीर्ण विचार हो, त्यो पनि दक्षिणपन्थी अवसरवादतिर लैजाने विचार हो । त्यो के भन्दा, होईन अरु पार्टीका मान्छेहरुलाई किन ल्याउने ? हामी सबैभन्दा राम्रो पार्टी, कांग्रेसलाई ल्यायो भने त्यसले पार्टीलाई खत्तम पार्छ, राप्रपा त झन ल्याउनै हुँदैन, माओवादीलाई किन ल्याउने ? यतिधेरै भ्रष्ट भइसकेको छ अहिले । आफूलाईमात्रै शुद्ध ठान्ने र अरुलाई ल्याउन नचाहने, ल्याउँदाखेरी पनि जिम्मेवारी यथोचित नदिने, अहिलेपनि हेपिराख्ने, पूर्वाग्रह राखिराख्ने यो संकीर्णवादले आजको कम्युनिष्ट आन्दोलन कमजोर बनाएको छ ।’

त्यस्तै, उनले चुनावमा आफूले टिकट पाएन भने आफ्नो पार्टीको उम्मेदवारलाई नै हराउन लागि पर्ने प्रवृत्ति पार्टीभित्र छ्याप्छ्याप्ती भेटिने पनि उनले बताए । आफैंभित्रको अराजकताले जनताले प्रदान गरेको विश्वासलाई पुँजीकृत गर्न नसके एमालेको हार निश्चित रहेको उनको भनाई छ ।

उनले भने, ‘चुनावमा आफूले टिकट पाएन भने आफ्नो पार्टीको उम्मेदवारलाई हराउन लाग्ने अहिले हाम्रो पार्टीभित्र छ्याप्छ्याप्ती पाइन्छ । हुलमा हिँड्यो भने त्यस्ता अराजक मान्छेहरु धेरै ठोकिन्छन् । संगठनभित्र यस्तो भएपछि चुनाव जितिन्छ ? आजको हाम्रो सबैभन्दा ठूलो लडाइँ त चुनाव हो । जनताले गरेको विश्वासलाई हामीले सुरक्षित राख्न सकेनौं भने वा हाम्रो आफैंभित्रको अराजकताले जनताले प्रदान गरेको विश्वासलाई पुँजीकृत गर्न सकेनौं भने हाम्रो हार निश्चित छ ।’

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:३८

  काठमाडौं । नेपालको अग्रणी औद्योगिक तथा व्यावसायिक घराना चौधरी...

होटल व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण, पर्यटन प्रवर्द्धनमा जोड

होटल व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण,...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:०४

  काठमाडौं । होटल व्यवसायी महासंघ नेपाल का अध्यक्ष, पदाधिकारी...

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि कारोबार १ खर्ब ८१ अर्ब नाघ्यो

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि...

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:४२

  काठमाडौं ।  बिमा क्षेत्रको निमायक संस्था नेपाल बिमा प्राधिकरणका...

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:५२

काठमाडौं । सगरमाथा आधार शिविरमा एक नेपाली गाइडको मृत्यु भएको...

बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१ वटा अनुमति पत्र निलम्बन : नवराज अधिकारी

बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:४९

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लापरबाहीपूर्ण सवारी साधन...

कम्युनिस्ट एकता र नयाँ ढंगको आन्दोलन आवश्यक : प्रचण्ड

कम्युनिस्ट एकता र नयाँ ढंगको आन्दोलन आवश्यक...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:३२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...