CG Electronics
IME Life
NIMB

एनएमबि हाईब्रिड फण्ड एल–२ को इकाई खरिदका लागि भोलिसम्म आवेदन दिन सकिने

NIMB
Himalayan Bank

 

काठमाडौं। एनएमबि क्यापिटलले सामूहिक लगानी कोष एनएमबि हाईब्रिड फण्ड एल–२ को इकाई खरिदका लागि आवेदन अवधि भोलि फागुन ८ गतेसम्म थपिएको छ। यो फण्ड माघ २४ गतेदेखि निष्काशन तथा बिक्रीमा ल्याइएको हो। फण्डको प्रतिइकाई अंकित मूल्य रु. १० राखिएको छ भने जम्मा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याइएको छ।

एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो दश वर्षे बन्दमुखी योजना हाईब्रिड प्रकृतिको भएकाले यसमा इक्विटी फण्डभन्दा तुलनात्मक रूपमा कम जोखिम रहेको छ। फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म खरिद गर्न सकिनेछ, जसको मूल्य रु. १ हजार देखि रु. १२ करोड सम्म हुनेछ।

फण्डको कुल १२ करोड इकाई मध्ये १४ प्रतिशत (१ करोड ६८ लाख इकाई) कोष प्रवर्धक एनएमबि बैंकलाई र १ प्रतिशत (१२ लाख इकाई) योजना व्यवस्थापकलाई सुरक्षित गरिएको छ भने बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणलाई बिक्री गरिएको छ। फण्डको निष्काशनका लागि गरिएको रेटिङ्गमा कोष प्रवर्धकलाई ‘क्रेडिट रेटिङ्ग’ र योजना व्यवस्थापकलाई ‘उच्च विश्वास’ रेटिङ्ग प्रदान गरिएको छ।

फण्डमा लगानी गर्न चाहने लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। साथै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ मार्फत अनलाइन आवेदन दिन पनि सकिनेछ।

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई आर्थिक सहयोग गर्ने घोषणा

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:००

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५ अर्ब ४२ करोड बीमा शुल्क संकलन, रु. ४ अर्ब ९६ करोड दाबी भुक्तानी

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५...

वि.सं.२०८३ साउन ११ सोमवार ०७:५४

  काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३...

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट...

वि.सं.२०८३ साउन १० आइतवार २२:२६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान...

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार २२:२३

  काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औं...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...