Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

एमालेमा आफूलाईमात्रै शुद्ध ठान्ने र पूर्वाग्रह राख्ने संकीर्णवाद छ : उपमहासचिव गुरुङ

Machhapuchchhre Bank Limited

 

काठमाडौं । नेकपा एमालेका उपमहासचिव समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङले एमालेभित्र संकीर्ण र दक्षिणपन्थी अवसरवादतिर लैजाने विचार रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित प्रेस चौतारी नेपाल एशोसियट प्रदेश समितिको दोस्रो अधिवेशनमा बोल्दै उनले एमालेको आफूलाईमात्रै शुद्ध ठान्ने र अरुलाई ल्याउन नचाहने, ल्याउँदाखेरी पनि जिम्मेवारी यथोचित नदिने, पूर्वाग्रह राखिराख्ने जस्तो संकीर्णवादले आजको कम्युनिष्ट आन्दोलन कमजोर बनाएको बताए ।

उनले भने, ‘हाम्रोभित्रको अर्को रोग भनेको दक्षिणपन्थी अवसरवाद हो । अहिले हाम्रो पार्टीमा एउटा विचार छ, त्यो संकीर्ण विचार हो, त्यो पनि दक्षिणपन्थी अवसरवादतिर लैजाने विचार हो । त्यो के भन्दा, होईन अरु पार्टीका मान्छेहरुलाई किन ल्याउने ? हामी सबैभन्दा राम्रो पार्टी, कांग्रेसलाई ल्यायो भने त्यसले पार्टीलाई खत्तम पार्छ, राप्रपा त झन ल्याउनै हुँदैन, माओवादीलाई किन ल्याउने ? यतिधेरै भ्रष्ट भइसकेको छ अहिले । आफूलाईमात्रै शुद्ध ठान्ने र अरुलाई ल्याउन नचाहने, ल्याउँदाखेरी पनि जिम्मेवारी यथोचित नदिने, अहिलेपनि हेपिराख्ने, पूर्वाग्रह राखिराख्ने यो संकीर्णवादले आजको कम्युनिष्ट आन्दोलन कमजोर बनाएको छ ।’

त्यस्तै, उनले चुनावमा आफूले टिकट पाएन भने आफ्नो पार्टीको उम्मेदवारलाई नै हराउन लागि पर्ने प्रवृत्ति पार्टीभित्र छ्याप्छ्याप्ती भेटिने पनि उनले बताए । आफैंभित्रको अराजकताले जनताले प्रदान गरेको विश्वासलाई पुँजीकृत गर्न नसके एमालेको हार निश्चित रहेको उनको भनाई छ ।

उनले भने, ‘चुनावमा आफूले टिकट पाएन भने आफ्नो पार्टीको उम्मेदवारलाई हराउन लाग्ने अहिले हाम्रो पार्टीभित्र छ्याप्छ्याप्ती पाइन्छ । हुलमा हिँड्यो भने त्यस्ता अराजक मान्छेहरु धेरै ठोकिन्छन् । संगठनभित्र यस्तो भएपछि चुनाव जितिन्छ ? आजको हाम्रो सबैभन्दा ठूलो लडाइँ त चुनाव हो । जनताले गरेको विश्वासलाई हामीले सुरक्षित राख्न सकेनौं भने वा हाम्रो आफैंभित्रको अराजकताले जनताले प्रदान गरेको विश्वासलाई पुँजीकृत गर्न सकेनौं भने हाम्रो हार निश्चित छ ।’

उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध अख्तियारमा उजुरी

उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध...

वि.सं.२०८१ चैत १४ बिहीवार ००:०७

  काठमाडौं । नेपाल सरकार उर्जा मन्त्रालयले उद्योगीहरुको पक्ष लिई...

बाथरोग र डाक्टरको सल्लाह

बाथरोग र डाक्टरको सल्लाह

वि.सं.२०८१ चैत १३ बुधवार २३:०५

काठमाडौं । बाथरोग एक दीर्घ रोग हो र यो कयौं...

१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा...

वि.सं.२०८१ चैत १३ बुधवार २२:१४

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद...

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो, दिनभर के के भयो ?

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो,...

वि.सं.२०८१ चैत १३ बुधवार २०:२६

इटहरी । कोशी प्रदेशको प्रमुख मध्येको एक व्यापारिक केन्द्र इटहरीको...

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख आधार र कारणहरू

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:२६

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक...

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक शिक्षाबाट हजारौंलाई रोजगारी दिने लक्ष्य

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:१०

  काठमाडौं, चैत १३ – काठमाडौं टेक्निकल स्कुल (केटीएस) को...