CG Electronics
Ncell NPL
NIMB

प्रचण्डले अग्निसँग किन पोखे यस्तो मनको पीडा, माओवादी नेतामाथि निगरानी बढेकै हो र ?

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं, २ फागुन । अमेरिका र पश्चिमा राष्ट्रहरू (युरोपियन युनियन) ले माओवादी पृष्ठभूमि भएका नेताहरूमाथि निगरानी बढाएका छन् ।

माओवादीको सशस्त्र द्वन्द्व अर्थात जनयुद्धका बेला सर्वसाधारण जनतालाई हत्या गरेको विषयमा अमेरिका र पश्चिमा राष्ट्रहरूले माओवादी नेताहरूमाथि निगरानी बढाएको स्रोतले जनाएको छ । भेनेजुएला प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओली साथ नदिएपछि केही दिन अघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्को जनयुद्ध जन्मने खतरा रहेको बताएका थिए ।

भेनेजुएला प्रकरणमा नेकपाका दोस्रो तहका अध्यक्ष प्रचण्डले विज्ञप्ति जारी गरेपछि अमेरिका र युरोपियन युनियनको पारो चढेको छ । यो प्रकरणले माओवादी पृष्ठभूमि भएका नेकपाका केन्द्रीय नेताहरू निगरानीमा परेका हुन् । प्रचण्डले खुमलटारस्थित आफ्नो निवासमा हुने गोप्य बैठक र भेलाहरूमा अमेरिका र युरोपियन युनियनले माओवादी पृष्ठभूमि भएका नेताहरूलाई दुःख दिन थालेको गुनासो गर्ने गरेका छन् ।

नेकपाका नेता अग्नि सापकोटासँग केही दिन अगाडि प्रचण्डले अमेरिका र युरोपियन युनियनको गतिविधिका बारेमा कुराकानी गरेका थिए । स्रोतका अनुसार प्रचण्डले अमेरिका र युरोपियन युनियनसँग सम्बन्ध सुधार गरेर पत्नीलाई लिएर केही समय विदेश भ्रमणमा निस्कने योजना बनाएका छन् । तर, विदेश गएका बेला मानवअधिकार र सशस्त्र द्वन्द्वको कुरा उठाएर पक्राउ गर्ने हो कि भन्ने प्रचण्डलाई ठूलो डर छ ।

बेलायतले नेपाली सेनाका कुमार लामालाई पक्राउ गरेर कारबाही चलाएपछि माओवादीका नेताहरू सर्तक छन् । उनीहरू खासै विदेश जान मन गर्दैनन् । केही समय अगाडि नेकपाका नेता तथा माओवादी पृष्ठभूमि भएका नेता देबेन्द्र पौडेल अमेरिका पुगेर आएका थिए । पौडेलले कसरी अमेरिकासँग सेटिङ मिलाए भनेर प्रचण्डले अग्नि सापकोटासँग जिज्ञासा राखेको उच्च स्रोतले जनाएको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

पालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव

पालिका र वडाको संख्या तथा सीमा हेरफेर...

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:३३

काठमाडौं । गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफेरबारे...

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...