रेमिट कारोबारमा एनआइसी एसियाको आकर्षक अफर : एउटा विप्रेषण कारोबार गर्दा अर्को ‘फ्रि’
Thursday Feb 14, 2019
वि.सं.२०७५ फागुन २ बिहीवार ०३:४९

काठमाडौं, २ फागुन । चुस्त सेवामार्फत ग्राहकलाई तानिरहेको एनआइसी एशिया बैंक लिमिटेडले एनआइसी एशिया रेमिटमार्फत एउटा विप्रेषण कारोबार गर्दा अर्को विप्रेषण कारोबार निःशुल्क प्रदान गर्ने आर्कषक योजना ल्याएको छ ।
स्वदेशमा आन्तरिक विप्रेषण कारोबार गर्ने ग्राहकहरुका लागि उच्चतम सेवा दिन यस्तो योजना ल्याएको बैंकले जनाएको छ । बैंकले यो योजना २०७५ साल फागुन र चैत दुई महिनाका लागि ल्याएको हो ।
यस अवधिमा बैंकको ग्राहक तथा कुनै पनि व्यक्तिले एनआई एशिया रेमिटमार्फत नेपालभरी कुनै पनि ठाउँमा आन्तरिक विप्रेषण कारोबार गर्दा यो सुविधा प्राप्त गर्न सक्नेछन् । एनआईसी एशिया रेमिटमार्फत स्वदेशमा आन्तरिक विप्रेषण कारोबार गर्दा न्यून शुल्क लाग्ने अवस्थामा यस योजनाले आन्तरिक विप्रेषण कारोबार गर्ने ग्राहकका लागि अझ बढी लाभ पुग्ने विश्वास बैंकले लिएको छ ।
एनआईसी एशिया रेमिटमार्फत पठाएको आन्तरिक विप्रेषणको रकम यस बैंकको देशभर फैलिएको २७६ शाखा कार्यालय, ३९ वटा एक्सटेन्सन काउण्टर, २३ वटा शाखा रहित बैंकिङ्ग ईकाइ तथा ६ हजार ७०० भन्दा बढी सहायक प्रतिनिधिमार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ । यो सुविधाबाट ग्राहकले पैसा पठाउँदा झन्झटरहित तरिकाबाट पैसा पठाउन र निकाल्न सकिने बैंकले जनाएको छ ।
एनआईसी एशिया बैंक २७६ शाखा कार्यालय, २८९ एटीएम, ३९ वटा एक्सटेन्सन काउण्टर तथा २३ वटा शाखारहित बैंकिङ ईकाइमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने देशकै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।




























