CG Electronics
IME Life
NIMB

प्रभु बैंक गण्डकी प्रदेशले मुस्ताङमा वित्तीय साक्षरता कार्यक्रम आयोजना

NIMB
Himalayan Bank

 

काठमाडौं। प्रभु बैंक गण्डकी प्रदेशले आज घरपझोङ्ग गाउँपालिका, मुस्ताङमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ। यस कार्यक्रमको मुख्य उद्देश्य डिजिटल वित्तीय ज्ञानको प्रसार, डिजिटल ठगीबाट बच्ने उपायहरूको बारेमा जनचेतना फैलाउने, र सर्वसाधारणलाई बचत, बजेटिङ र लगानीको अवधारणा बुझाउने रहेको छ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, स्थानीय सरकारका अध्यक्ष, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, निर्देशक मुक्ती सापकोटा, नेपाल राष्ट्र बैंक पोखरा प्रादेशिक कार्यालयका प्रमुख दीपक राज लामिछाने, प्रभु बैंक गण्डकी प्रदेश प्रमुख राजु राना मगर, प्रभु बैंकका अधिकारीहरू, अन्य विशिष्ट व्यक्तिहरू र १२० भन्दा बढी स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।

गभर्नर महाप्रसाद अधिकारीले डिजिटल बैंकिङ र अनलाइन वित्तीय सेवाहरूको प्रयोगको महत्त्व र त्यससँग जोडिएका जोखिमहरूबाट बच्नका उपायहरूको बारेमा जानकारी दिए। उनले भने, “डिजिटल प्रविधिको उपयोग गर्दा, हामीलाई यसका सम्भावित जोखिमहरू र ठगीका घटनाहरूबाट जोगिन सचेत रहनुपर्छ। हामीले डिजिटल वित्तीय सेवामा सुरक्षित र विवेकपूर्ण निर्णयहरू लिनुपर्ने आवश्यकता छ।”

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले स्थानीय बासिन्दाहरूलाई बचत, बजेटिङ र लगानीको अवधारणा बारेमा जानकारी दिए। प्रभु बैंक गण्डकी प्रदेश प्रमुख राजु राना मगरले डिजिटल वित्तीय उपकरणहरूको उपयोग, मोबाइल बैंकिङ, अनलाइन बचत खाता खोल्ने र वित्तीय सुरक्षा विधिहरूको बारेमा विस्तृत जानकारी दिए।

घरपझोङ्ग गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले यस कार्यक्रमलाई स्वागत गर्दै भने, “हाम्रो गाउँपालिकाका नागरिकहरूलाई डिजिटल वित्तीय सेवामा सचेत र सक्षम बनाउने यो कार्यक्रम अत्यन्त महत्वपूर्ण छ। यसले सबैलाई वित्तीय साक्षरतामा अगाडि बढ्न मद्दत गर्नेछ।”

स्थानीय समुदायले प्रभु बैंकको यस पहललाई स्वागत गर्दै, कार्यक्रमको समयमा धेरै प्रशंसा व्यक्त गरे र यस किसिमका कार्यक्रममा आगामी दिनमा पनि सहभागी हुने आशा व्यक्त गरे। प्रभु बैंकले स्थानीय समुदायमा वित्तीय साक्षरता बढाउने र डिजिटल वित्तीय सेवामा सचेत र सुरक्षित बनाउने आफ्नो प्रतिबद्धता देखाउँदै यो कार्यक्रम आयोजना गरेको हो।

 

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट...

वि.सं.२०८३ साउन १० आइतवार २२:२६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान...

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार २२:२३

  काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औं...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो क्यु–०५ अब नेपाली बजारमा

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो...

वि.सं.२०८३ साउन १० आइतवार २१:४१

  काठमाडौं । चिनियाँ विद्युतीय सवारी बजारमा छोटो समयमै उल्लेखनीय...

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज दिने ‘यू९’ पिकअप सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज...

वि.सं.२०८३ साउन १० आइतवार २१:३१

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेका बेला...

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा नेपालबाट सुरु

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा...

वि.सं.२०८३ साउन १० आइतवार २१:०३

  काठमाडौं, साउन १०, २०८३। विद्युतीय दुईपांग्रे सवारीसाधन निर्माता विदा...