CG Electronics
IME Life
NIMB

रघु त्रिपाठीको नेतृत्वमा नेपाल मोबाइल वितरक संघको नयाँ कार्यसमिति निर्विरोध चयन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । मोबाइल व्यवसायमा सुधार र ऐक्यबद्धताको प्रतिबद्धता सहित रघु त्रिपाठी संघको अध्यक्षमा निर्विरोध निर्वाचित

नेपाल मोबाइल वितरक संघको अध्यक्षमा रघु त्रिपाठी निर्विरोध निर्वाचित
नयाँ कार्यसमिति चयन, व्यवसाय सशक्तिकरण र बेथिति विरुद्धको ऐक्यबद्धतासहित अगाडि बढ्ने प्रतिबद्धता

काठमाडौं — मोबाइललाई आजको युगमा समाजको अपरिहार्य उपभोग्य वस्तुको रूपमा लिइन्छ। त्यसको वितरण तथा आपूर्ति प्रणालीमा सक्रिय व्यवसायीहरूको छाता संस्था नेपाल मोबाइल वितरक संघको तेस्रो महाधिवेशनबाट रघु त्रिपाठी अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।

नगरकोटस्थित रत्नागिरी होटलमा चैत २२ गते सम्पन्न महाधिवेशनले त्रिपाठीको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। नवगठित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा हरि केसी, उपाध्यक्षमा राम नारायण दास, महासचिवमा बाल नरसिंह कुँवर, सचिवमा नवीन बाँस्तोला, कोषाध्यक्षमा रामचन्द्र श्रेष्ठ तथा सह-कोषाध्यक्षमा विनोद केसी चयन भएका छन्।

त्यसैगरी, कार्यसमितिका सदस्यहरूमा दिपेन्द्र चौलागाईं, विजय चौधरी, निकित अग्रवाल, श्रीशान्त थापा, दीपक कोइराला, चित्र बस्नेत तथा निशान्त कुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन्।

कार्यभार सम्हाल्ने क्रममा अध्यक्ष त्रिपाठीले संघलाई थप जुझारु, सशक्त र सुसंगठित बनाउँदै मोबाइल व्यवसायमा देखिएको अव्यवस्था, अनियमितता र अवैध कारोबारलाई निरुत्साहित गर्न सम्पूर्ण व्यवसायीहरूलाई एकीकृत रूपमा अघि बढ्न आह्वान गरे। उनले भने, “मोबाइल फोन आयातकर्ता संघ तथा मोबाइल व्यवसायी महासंघसँग सहकार्य गरेर व्यवसायको न्यायोचित रक्षा, लगानीको सुरक्षा र स्थायीत्वका लागि संघ क्रियाशील रहनेछ।”

उनका अनुसार, करिब ९ वर्षअघि स्थापित यो संघ व्यवसायीहरूको लगानी सुरक्षित राख्न र व्यवसायिक हक–हितको संरक्षण गर्न क्रियाशील रहँदै आएको छ। बैंकबाट ऋण लिएर सञ्चालन भइरहेका मोबाइल व्यवसायहरू न्यून प्रतिफलको कारण धराशायी हुने अवस्थामा पुगेको र नयाँ व्यवसायीको सहभागिता घट्दो क्रममा रहेको उल्लेख गर्दै त्रिपाठीले थप सुधारका लागि सबै व्यवसायीहरूको एकता अपरिहार्य भएको बताए।

संघका नव–निर्वाचित सचिव नवीन बाँस्तोलाले संघको पदस्थापन कार्यक्रम, स्मारिका तथा क्यालेन्डर विमोचन, साथै पूर्व कार्यसमितिलाई सम्मान तथा बिदाइ कार्यक्रम २०८२ साल बैशाख २६ गते काठमाडौंमा एक भव्य समारोहका साथ आयोजना गरिने जानकारी दिए।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...