CG Electronics
IME Life
NIMB

प्रभु बैंक र कृषि बजार व्यवस्थापन समितिबीच डिजिटल कारोबारका लागि सम्झौता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका–९ शान्तिबन वाटिकास्थित कृषि बजार व्यवस्थापन समितिबीच व्यवसायिक साझेदारी सम्झौता सम्पन्न भएको छ । वैशाख १ गते आयोजित कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो ।

सम्झौताअनुसार कास्की तथा अन्य क्षेत्रका कृषि उपजको विक्री–वितरण भइरहेको स्टलमार्फत हुने दैनिक आर्थिक कारोबारलाई डिजिटल माध्यममा रूपान्तरण गरिनेछ । बैंकिङ पहुँच विस्तार र कारोबारमा सहजता ल्याउने उद्देश्यले प्रभु बैंक र समितिबीच यो सहकार्य भएको हो ।

सम्झौता पत्रमा समितिका अध्यक्ष नवराज दुवाडी र प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु रानाले हस्ताक्षर गरेका थिए । अध्यक्ष दुवाडीले बैंकप्रति आभार व्यक्त गर्दै सम्झौताले फलफूल तथा तरकारी बजारमा दैनिक कारोबार अझ सहज र प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

 

 

बैंकका प्रदेश प्रमुख राजु रानाले डिजिटल सेवा र नगद रहित कारोबारलाई प्रवर्द्धन गर्न सम्झौता महत्त्वपूर्ण हुने बताए । सम्झौताअनुसार बैंकले समितिअन्तर्गतका व्यवसायीलाई क्युआर कोड, डिजिटल भुक्तानी सेवा तथा इन्टरनेट सुविधा उपलब्ध गराउनेछ । साथै, व्यवसाय विस्तारको लागि बैंकको नियमनअनुसार आवश्यक कर्जा सुविधा पनि उपलब्ध गराइनेछ ।

 

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर सम्पन्न, ७०० भन्दा बढी लाभान्वित

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर...

वि.सं.२०८३ असार ३ बुधवार ०७:३२

काठमाडौं । साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ सार्वजनिक

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट...

वि.सं.२०८३ असार ३ बुधवार ०७:२५

काठमाडौं । इसेवा र आइएमएसले आफ्ना ग्राहकहरूका लागि उद्यम भुक्तानी...

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण, सुरुवाती मूल्य रु. ४९,६९०

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का...

वि.सं.२०८३ असार २ मंगलवार १४:४७

  काठमाडौँ, १६ जुन २०२६ नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...