CG Electronics
IME Life
NIMB

लक्ष्मी सनराइज बैंकको नाफा १.६५ अर्ब रुपैयाँ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा २.२४ प्रतिशतले वृद्धि गर्दै १ अर्ब ६५ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ नाफा गरेको थियो।

तर, सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ७.३१ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड ३५ लाख रुपैयाँमा झरेको छ। गत वर्षको सोही अवधिमा यो आम्दानी ८ अर्ब ५१ करोड ५७ लाख रुपैयाँ रहेको थियो।

चैत मसान्तसम्ममा बैंकको सञ्चालन नाफा १३.३४ प्रतिशतले बढेर २ अर्ब ५२ करोड ९३ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी २.०८ प्रतिशतले घटेर १० अर्ब २४ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ७७ करोड २७ लाख रुपैयाँ रहेको छ। गत वर्षको फागुनमा बैंकको वितरणयोग्य नाफा ऋणात्मक १ अर्ब २४ करोड ८४ लाख रुपैयाँ थियो।

फागुन मसान्तसम्ममा बैंकको चुक्ता पुँजी २४ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष १०.५६ प्रतिशतले बढेर १७ अर्ब ७६ करोड ९५ लाख रुपैयाँ पुगेको छ।

बैंकको निक्षेप संकलन ९ महिनामा ४.६४ प्रतिशतले बढेर ३ खर्ब ४४ अर्ब २० करोड ३० लाख रुपैयाँ पुगेको छ। यस्तै, कर्जा लगानी ११.५८ प्रतिशतले वृद्धि भई २ खर्ब ७६ अर्ब ४ करोड ६१ लाख रुपैयाँमा पुगेको छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ९.०५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७६.१६ रुपैयाँ रहेको छ। तर, खराब कर्जा (एनपीए) ५.८६ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ५.४९ प्रतिशतभन्दा बढी हो।

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण, सुरुवाती मूल्य रु. ४९,६९०

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का...

वि.सं.२०८३ असार २ मंगलवार १४:४७

  काठमाडौँ, १६ जुन २०२६ नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१४

  नेपाली स्मार्टफोन बजारमा आफ्नो बलियो उपस्थिति जनाउँदै लियोनमीले आफ्ना...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

वि.सं.२०८३ असार १ सोमवार २३:२०

  काठमाडौं । इटालीको लोनाटो डेल गार्दामा ‘नेपाल टुडे: इन...