CG Electronics
IME Life
Ncell NPL

हिमालयन रिइन्स्योरेन्सले पायो वैदेशिक रोजगार बीमा कोष सञ्चालनको अनुमति

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगारी म्यादी जीवन बीमासँग सम्बन्धित सामूहिक बीमा कोष सञ्चालनको जिम्मा निजी क्षेत्रको पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्सलाई दिएको छ। नयाँ निर्णयअनुसार वैदेशिक रोजगार बीमालेखबाट संकलित रकम आगामी चार वर्षसम्म एकल रूपमा उक्त कम्पनीले व्यवस्थापन गर्नेछ।

बीमा प्राधिकरणले २०८१ सालमा तयार पारेको निर्देशनको पाँचौं दफाको प्रावधानअनुसार स्वीकृत पुनर्बीमा कम्पनीले पालैपालो चार वर्षका लागि कोष प्रबन्धकको भूमिका निर्वाह गर्न सक्ने व्यवस्था गरिएको छ। सोही प्रावधानका आधारमा यो निर्णय गरिएको हो। यसअघि दुई पुनर्बीमा कम्पनीहरू संयुक्त रूपमा कोष प्रबन्धनमा संलग्न हुने व्यवस्था थियो।

नेपालमा हाल दुई पुनर्बीमा कम्पनी, नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्स, सञ्चालनमा छन्। दुबै कम्पनीलाई फागुन ४ गते प्राधिकरणले छलफलका लागि बोलाएको थियो। छलफलपछि आपसी सहमतिमा हिमालयन रिइन्स्योरेन्सलाई कोष सञ्चालनको जिम्मेवारी दिने निर्णय गरिएको हो।

प्राधिकरणले वैदेशिक रोजगार बीमालेख सम्बन्धी निर्देशन दोस्रोपटक संशोधन गर्दै संयुक्त व्यवस्थापनको व्यवस्था हटाएको छ। अब एक पटकमा एक कम्पनीले मात्र चार वर्षका लागि कोष प्रबन्ध गर्नेछ, जसबाट व्यवस्थापन प्रक्रिया थप स्पष्ट र जिम्मेवार बनाउने अपेक्षा गरिएको छ।

नयाँ निर्देशिकाले बीमाशुल्क रकम तत्काल खातामा जम्मा गर्ने प्रावधान पनि हटाएको छ। अब प्रत्येक महिनाको पहिलो १५ दिनको विवरण १६ गतेभित्र र बाँकी महिनाको विवरण महिनाको पहिलो दिनमा बुझाउने व्यवस्था गरिएको छ। बीमाशुल्क प्राप्तिको दैनिक पुष्टि अब नियमित रूपमा एकीन गर्ने मात्र आवश्यक हुनेछ।

 

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास र भविष्यको नयाँ मार्गचित्र सार्वजनिक

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १३:१६

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन...

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ सुरु

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५५

  काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रको विकास र...

लामिनारको ‘जर्मसेफ®’ एन्टिब्याक्टेरियल टायल नेपाल मेडिकल शोमा सार्वजनिक

लामिनारको ‘जर्मसेफ®’ एन्टिब्याक्टेरियल टायल नेपाल मेडिकल शोमा...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:१५

  काठमाडौं, वैशाख — नेपालमा पूर्ण भिट्रिफाइड टायल उत्पादन गर्ने...

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:१२

काठमाडौँ । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ...