CG Electronics
IME Life
NIMB

आगामी बिहीबार काठमाडौंमा युनियनपे नेपाल फिनटेक फेस्टिभल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । आगामी बिहीबार काठमाडौंमा ‘युनियनपे नेपाल फिनटेक फेस्टिभल–२०२५’ कार्यक्रम हुने भएको छ । नेपालमा अन्तरराष्ट्रिय स्तरको फिनटेकको विकास गर्ने उद्देश्य सहित काठमाडौँ फिनटेक र फिनटेक अलायन्स नेपालको सहकार्यमा यो फिनटेक महोत्सव गर्न लागिएको हो । फेस्टिभललाई निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले विशेष आतिथीको रुपमा सम्बोधन गर्नेछन् ।

यस्तै, डीबीएस बैंकका चिफ इनोभेशन अफिसर नील क्रस, कोटाक महिन्द्रा बैंकका चिफ डिजीटल अफिसर दिपक शर्मा, दि डिजीटल फिप्थका सीईओ समीर सिंह जैनि र ल्यारा नेटवर्कका सीईओ राजेश देखाईं लगायत बैंकिङ र फिनटेक सम्बन्धी अन्तरराष्ट्रिय स्तरका विज्ञहरुले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसैगरि नेपाल राष्ट्र बैंकका उच्च पदस्थ अधिकारी, बैंक तथा वित्तीय संस्थाका प्रमुखहरू पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साथै, नियामक निकायका प्रतिनिधिहरू, बैंकर्स, फिनटेक व्यवसायी, शैक्षिक क्षेत्रका विज्ञहरू र अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहने यस कार्यक्रममा नवीनतम प्रविधि र फिनटेक सोलुसनको प्रदर्शनी, उत्पादन प्रदर्शन, तथा फिनटेक कम्पनीहरूबीचको सहकार्य सम्झौता हुने बताइएको छ ।

यो कार्यक्रम नेपाल र क्षेत्रीय फिनटेक विकासको दिशामा महत्वपूर्ण कोसेढंगा सावित हुने बताइएको छ । साथै, डिजिटल वित्तीय भविष्य निर्माणमा ऐतिहासिक योगदान पु¥याउने अपेक्षा गरिएको काठमाडौं फिनटेकका संस्थापक सञ्जिव सुब्बाले जानकारी दिए ।

यो कार्यक्रमलाई नेपाल क्लियरिङ हाउसले प्रायोजन गरेको छ । कार्यक्रममा ग्लोबल फिनटेक अलायन्स, एशिया फिनटेक अलायन्स, ग्लोबल फिनटेक आयोजकको रुपमा छन् । यस्तै, फिनटेक कन्भर्जेन्स काउन्सिल, इन्टरनेशनल डिजिटल इकोनोमीज एसोसिएसन, इन्डियन फाइनान्सियल फोरम र पीएसपी एसोसिएसन लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोग रहेको छ ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...