CG Electronics
IME Life
NIMB

नेपाली टायल प्रविधिको उत्कृष्ट गन्तव्य : लामिनारको एक्सपिरियन्स सेन्टर काठमाडौंमा सुरु

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौं । देशकै पहिलो र एकमात्रै शतप्रतिशत भिट्रिफाइड टायल, लामिनार टायल्स्ले काठमाडौंमा एस्क्लुसिभ फ्ल्यागशिप एक्सपिरियन्स सेन्टरको शुभारम्भ गरेको छ ।

उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले आज एक समारोहबिच औपचारिक उद्घाटन गरेसँगै नयाँ घर बनाउन वा घरको पुर्ननिर्माण गर्न चाहने उपभोक्ता, निर्माणकर्मी, इञ्जिनियर र इन्टेरियर डिजाइनरका साथै टायलबारे रुची र सरोकार राख्ने जोकुकैको लागि उक्त सेन्टरको खुल्ला भएको कम्पनीले जनाएको छ ।

एकै थलोमा रहेर कम्पनीले उत्पादन गरिरहेको सम्पूर्ण संग्रहरुहरुका साथै नेपाली टाइलको नविनता प्रविधिको प्रत्यक्ष अवलोकन र अनुभव लिनको लागि अवसर प्रदान गर्ने उदेश्यका साथ गैरीधारा, उत्तरढोका अगाडी सेन्टरको स्थापना गरिएको हो ।

सेन्टरको उद्घाटन गर्दै मन्त्री सिंहले नेपाली उत्पादनहरूको प्रयोग बढाउन आग्रह गर्दै, “होटल, रेष्टुरेन्ट, भवन, अस्पताल वा व्यक्तिगत घर—जुनसुकै प्रकारको भौतिक संरचना निर्माण गर्दा पनि लामिनार भिट्रिफाइड टायल्स् प्रयोग गर्न सबैलाई अनुरोध गर्दछु,” भने ।

विशेषगरी सातवटा संग्रहमा वर्गीकृत ४०० भन्दा बढी अन्तर्राष्ट्रिय स्तरका डिजाइनहरूलाई प्रदर्शित गर्न चार हजार बर्गफिट क्षेत्रफलमा फैलिएको यो सेन्टरले निम्न क्षेत्रका लागि समाधानहरू प्रदान गर्दछ :

१) घर तथा व्यावसायिक भवनका भित्री भित्ता तथा भुइँ
२) शपिङ्ग मल, होटल, शैक्षिक संस्था, विमानस्थल जस्ता उच्च आवतजावतका क्षेत्रहरू
३) छत, बाल्कोनी, पोखरी, बाथरुम जस्ता पानीको सम्पर्कमा आउने वा भिज्ने तथा खुला क्षेत्रहरू
४) क्लाडिङ्ग, फसाड, ड्राइभवे र पार्किङका लागि बाहिरी प्रयोगका क्षेत्रहरु

सेन्टरमा ०.०८ प्रतिशतभन्दा कम पानी सोस्ने गुणयुक्त पूर्णतया भिट्रिफाइड टायलहरुलाई प्रदर्शनीमा राखिएका छन् जसले उच्च मजबुती, दिर्घकालीन टिकाउपन, दाग प्रतिरोधी विशेषताका साथ दिगो सौन्दर्यलाई सुनिश्चित गर्नेछन् ।

“यो सेन्टर परम्परागत शोरूमभन्दा फरक छ जसलाई डिजाइन प्रेरणाको गन्तव्य र नेपालकै नवप्रवर्तनको अभूतपूर्व प्रमाणको रुपमा लिन सकिन्छ,” लामिनार टायल्स्का अध्यक्ष धितालले बताए, “हाम्रो एक्सपिरियन्स सेन्टर लामिनारको विश्वस्तरीय गुणस्तर, दिगो स्थानीय उत्पादन र डिजाइन–मुखी सोचप्रति समर्पणको प्रतीक हो ।”

लुम्बिनी सेरामिक्स् लिमिटेडद्धारा उत्पादित लामिनार टायल्स् बर्दियाको गुलरियास्थित अत्याधुनिक १४ विघा क्षेत्रफलमा अवस्थित उत्पादन केन्द्रमा निर्माण हुन्छ जसको दैनिक उत्पादन क्षमता एक लाख ४० हजार बर्गफिटभन्दा बढी रहेको छ ।

 

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:४५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस कलेज, २०३० सम्मका लागि अन्तर्राष्ट्रिय मान्यता नवीकरण

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३२

  काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित द...

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल लाइफ

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल...

वि.सं.२०८३ असार ४ बिहीवार २२:५९

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा...

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...