CG Electronics
IME Life
NIMB

आवास निर्माणमा स्थानीय सामग्रीको प्रयोग गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

NIMB
Himalayan Bank

 

काठमाडौं । उपप्रधान एंव शहरी विकासमन्त्री प्रकाशमान सिंहले आवासहरु निर्माण गर्दा परापूर्व कालदेखि प्रयोग हुँदै आएको सामग्रीहरु प्रयोग गर्नुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय आवास कम्पनी लिमिटेडको १७ औं वार्षिक साधारण सभामा उनले सजिलोका लागि, सिमेन्ट नै हुनुपर्छ भन्ने सोचलाई छाडेर मौसमलाई पनि ध्यानमा राखेर आवास निर्माण गर्नुपर्ने भन्दै यसमा स्थानीय सामग्री प्रयोग गरे राम्रो हुने बताए ।

उनले भने, ‘हामीले आवासहरु निर्माण गर्दा परापूर्व कालदेखि प्रयोग हुँदै आएको सामग्रीहरु प्रयोग गरेर घरहरु बनाउँदा मौसमा अनुसार पनि राम्रो हुने हुँदा सजिलोका लागि, सिमेन्ट नै हुनुपर्छ भन्ने सोचलाई छाडेर ठाँउको मौसमलाई पनि ध्यानमा राख्नुपर्छ । स्थानीय सामग्री प्रयोग गर्न पायो भने राम्रो हुन्छ । र यसतर्फ पनि हाम्रो ध्यान जानुपर्छ ।’

यस्तै, उनले साधारण सभाबाट सुधार गर्नको लागि सुझावहरु पारित गरेर मन्त्रालयमा ल्याउन आग्रह गर्दै सुझाव अनुसार काम गर्न मन्त्रालय तयार रहेको बताए ।

उनले भने, ‘नेपाल सरकारले अब यस कम्पनीबाट गर्नुपर्ने जिम्मेवारीहरु धेरै ठूलो छ । साधारण सभाबाट नीति, ऐनमा सुधार गर्नको लागि तपाइहरुले सुझाव यही सभाबाट पारित गरेर मन्त्रालयमा ल्याउनु त्यसमा गर्नुपर्ने काम अगाडि बढाउँछौ ।’

व्यवस्थित आवास निर्माण गर्दा बनाउनको लागि मात्र बनाएको जस्तो गर्न नहुने पनि उनको भनाइ छ ।

 

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन,...

वि.सं.२०८३ साउन ३ आइतवार १०:२२

  काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...