Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

आवास निर्माणमा स्थानीय सामग्रीको प्रयोग गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

 

काठमाडौं । उपप्रधान एंव शहरी विकासमन्त्री प्रकाशमान सिंहले आवासहरु निर्माण गर्दा परापूर्व कालदेखि प्रयोग हुँदै आएको सामग्रीहरु प्रयोग गर्नुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय आवास कम्पनी लिमिटेडको १७ औं वार्षिक साधारण सभामा उनले सजिलोका लागि, सिमेन्ट नै हुनुपर्छ भन्ने सोचलाई छाडेर मौसमलाई पनि ध्यानमा राखेर आवास निर्माण गर्नुपर्ने भन्दै यसमा स्थानीय सामग्री प्रयोग गरे राम्रो हुने बताए ।

उनले भने, ‘हामीले आवासहरु निर्माण गर्दा परापूर्व कालदेखि प्रयोग हुँदै आएको सामग्रीहरु प्रयोग गरेर घरहरु बनाउँदा मौसमा अनुसार पनि राम्रो हुने हुँदा सजिलोका लागि, सिमेन्ट नै हुनुपर्छ भन्ने सोचलाई छाडेर ठाँउको मौसमलाई पनि ध्यानमा राख्नुपर्छ । स्थानीय सामग्री प्रयोग गर्न पायो भने राम्रो हुन्छ । र यसतर्फ पनि हाम्रो ध्यान जानुपर्छ ।’

यस्तै, उनले साधारण सभाबाट सुधार गर्नको लागि सुझावहरु पारित गरेर मन्त्रालयमा ल्याउन आग्रह गर्दै सुझाव अनुसार काम गर्न मन्त्रालय तयार रहेको बताए ।

उनले भने, ‘नेपाल सरकारले अब यस कम्पनीबाट गर्नुपर्ने जिम्मेवारीहरु धेरै ठूलो छ । साधारण सभाबाट नीति, ऐनमा सुधार गर्नको लागि तपाइहरुले सुझाव यही सभाबाट पारित गरेर मन्त्रालयमा ल्याउनु त्यसमा गर्नुपर्ने काम अगाडि बढाउँछौ ।’

व्यवस्थित आवास निर्माण गर्दा बनाउनको लागि मात्र बनाएको जस्तो गर्न नहुने पनि उनको भनाइ छ ।

 

केही पाइन्छ कि भनेर १० करोडको भवन हस्तान्तरण गरेको होइन : मीन बहादुर गुरुङ

केही पाइन्छ कि भनेर १० करोडको भवन...

वि.सं.२०८२ असार ३१ मंगलवार ०८:२०

  काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम उद्योगी मीन...

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको आग्रह

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको...

वि.सं.२०८२ असार ३० सोमवार १८:४७

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक...

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै : मन्त्री पाण्डे

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै :...

वि.सं.२०८२ असार ३० सोमवार १७:१८

  काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले...

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको उत्साह

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको...

वि.सं.२०८२ असार ३० सोमवार १७:१५

काठमाडौं । मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि...

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो...

वि.सं.२०८२ असार ३० सोमवार १७:०७

काठमाडौं । शिवम् सिमेन्टले आफ्नो ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामिलामा नो...

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

वि.सं.२०८२ असार ३० सोमवार १६:५०

काठमाडौं । विश्वव्यापी रूपमा परिचित खड्लज परफ्यूम आधिकारिक रूपमा नेपाली...