CG Electronics
IME Life
NIMB

उद्योगी रामकुमार राठीलाई सरकारले गर्‍यो सम्मान, लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । ६ दशक देखि चियारोपण, प्रसोधन, बजारीकरण र निर्यातमा योगदान गरिरहेका उद्योगी राम कुमार राठीलाइ सरकारले लाइफटाइम आचिव्मेंट आवर्ड प्रदान गरेको छ।

उधोगी राठीलाइ २९ औं राष्ट्रिय चिया दिवसका अवसरमा राष्ट्रिय चिया तथा कफी बिकाश बोर्डले अवार्ड प्रदान गरेको हो । कृषि तथा पशुपंची विकासमन्त्री एवम बोर्डका अध्यक्ष रामनाथ अधिकारी र बोर्डका कार्यकारी निर्देशक फाइन्द्रराज पाण्डेले राठीलाइ दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरे ।

राठी नेपालका पहिलो टि टेस्टर (चिया परिक्षक) हुन् । उनले टेस्टिंग प्लान्टेशन एंड म्यानुफ्याक्चारिंगमा स्नातकोत्तर गरेका छन् । पच्चिस बर्षको उमेरमा चीन गएका बेला त्यहाँको टि टेस्टिंग हेरे पछि उनि यस क्षेत्रतर्फ आकर्षित भएका थिए । चीन बाट फर्के लगत्तै राठी ईलाम टि गार्डेनमा पुगे त्यहाँ प्रबन्धकका रुपमा कार्यरत बेलायती नागरिक प्रोसर बाट चिया बारे आधारभूत ज्ञान लिए ।

सन् १९६८ देखि १९७० सम्म डी.सी धोष एण्ड कम्पनी प्रा. लि. कोलकत्ताको एक ब्यापारिक प्रतिष्ठानमा टि टेस्टर तालिममा लिएर अभ्यास गरि उनि नेपाल फर्किए उनले १९७२ मा आरके ओभेरसिज कम्पनी स्थापना गरेर चियाको निर्यात गर्न थाले । त्यति बेला उनि ईलामको चिया बजारीकरण गर्न जर्मनी, डेनमार्क, स्विडेन, हल्याण्ड, बेलायत, फ्रान्स, स्विट्जरल्याण्ड, अस्ट्रिया, इजिप्ट र इरान सम्म पुगेका थिय त्यस पछि उनको निर्यात ब्यापारमा गुणात्मक वृद्धि हुन थाल्यो ।

वि.सं २०३३ सालमा हिमाल चिया उद्योग प्रा.लि. (Rakura) को स्थापना भएको, वि.सं २०४६ सालमा पहाडी भेगमा नेपाल अधिराज्य भरिमा निजि क्षेत्र बाट चिया उत्पादन गर्ने पहिलो कारखाना ईलाम जिल्लाको मालुममा हिमालयन रेन्ज चिया उधोग प्रा. लि. को स्थापना गर्न सफल भएको उनले २०६३ मा झापाको हल्दीबारीमा सिटिसी चिया उत्पादन गर्न सुनकोशी चिया उद्योग को स्थापना, २०७२ मा ईलाम को शान्तिडाँडामा अर्गानिक चिया उत्पादन गर्ने हिमालयन भ्याली प्रा . लि. उद्योग को स्थापना गरे । हाल उनले “राकुरा” ब्रान्डमा सि.टि.सी र अर्गानिक चिया उत्पादन, निर्यात गर्दै आएका छन्।

पर्यटन पूर्वाधार र नीतिगत सुधार कार्यान्वयनमा ढिलाइ हुँदा क्षेत्र प्रभावित : दीपकराज जोशी

पर्यटन पूर्वाधार र नीतिगत सुधार कार्यान्वयनमा ढिलाइ...

वि.सं.२०८३ जेठ १२ मंगलवार २३:२९

  काठमाडौं । नेपाल पर्यटन बोर्ड का प्रमुख कार्यकारी अधिकृत...

पर्यटन कथा, संस्कृति र व्यवस्थापनको विषय हो : मन्त्री पौडेल

पर्यटन कथा, संस्कृति र व्यवस्थापनको विषय हो...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:३२

  काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज...

उद्योगी–व्यवसायीको गुनासो : कर, अनुगमन र अस्थिर नीतिले बजार थलियो

उद्योगी–व्यवसायीको गुनासो : कर, अनुगमन र अस्थिर...

वि.सं.२०८३ जेठ १२ मंगलवार २०:२५

  काठमाडौं । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुन केही...

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा विशेष पूजा–अर्चना सम्पन्न

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा विशेष पूजा–अर्चना...

वि.सं.२०८३ जेठ १२ मंगलवार १०:२६

  काठमाडौं । दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगद्गुरु...

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन...

वि.सं.२०८३ जेठ १२ मंगलवार ०८:५३

  काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरूबाट कक्षा ११ र...

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय...

वि.सं.२०८३ जेठ १२ मंगलवार ०८:५१

  पोखरा । नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन...